सरकारले पेट्रोलियम पदार्थमा अहिले सम्मकै उच्च मुल्यवृद्धी गरेपछी एमाले नेता बाँस्कोटाको यस्तो आयो ट्विट
काठमाडौं, ५ असार । सरकारले पेट्रोलियम पदार्थको अहिले सम्मकै उच्च मुल्य वृद्धी गरेपछी एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले पम्फा-प्रभाकर विजुली युगले रातारात पेट्रोलियमको भाउमा छलांग मारेछ।लौ न!माधब कम्रेड,सुदेश पराजुली खोज्न परो भन्नुभएको छ ।
सामाजिक सन्जालमा ट्विट गर्दै बाँस्कोटाले उक्त कुरा बताउनु भएको हो । सरकारले आइतबार राति १२ बजेदेखि लागु हुने गरेर अहिलेसम्मको धेरै मूल्य वृद्धि गरेको छ । पेट्रोल प्रतिलितर १९ रुपैयाँ र डिजेल तथा मटिट्लेत प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
बाँस्कोटाको ट्विट
युरोपको आर्थिक ईन्जिन जर्मनी कोइलायुगतिर फर्कन पर्ने अवस्थामा पुगेछ,फ्रान्समा म्याक्रोननको सत्ता गठबन्धनले बहुमत गुमाएछ र कोलम्वियामा दक्षिणपन्थी सत्ता गठबन्धन हारेछ।यता पम्फा-प्रभाकर विजुली युगले रातारात पेट्रोलियमको भाउमा छलांग मारेछ।लौ न!माधब कम्रेड,सुदेश पराजुली खोज्न परो।