दुबईका राजकुमार माक्तुमले अध्यक्ष ओलीलाई तपाईं भिजिनरी लिडर हो भनेपछी
काठमाडौ असार ८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले हिजो भेटघाट गर्नुभएको छ ।
माक्तुम ओली निवास बालकोटमा गएर अध्यक्ष ओलीलाई भेट्नु भएको हो , करिब एक घण्टा भएको भेटमा युवराजले नेपालबाट गएका युवाहरुले युएईको विकासमा महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । ‘नेपालीहरु धेरै लेवरियस छन् उनीहरुले यूएइको विकासका लागि गरेको योगदान हाम्रा लागि धेरै महत्वको छ’ अध्यक्ष ओलीसँग माक्तुमले भन्नुभयो ।
भेटमा सहभागी स्रोतका अनुसार माक्तुमले अध्यक्ष ओलीको व्यक्तिगत रुपमा पनि प्रशंसा गर्नुभएको थियो । ‘तपाईंको बारेमा मैले धेरै सुनेको छ । तपाई नेपालको भिजिनरी लिडर हो’ माक्तुमको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।
अध्यक्ष ओलीले माक्तुमलाई नेपाल भ्रमण गरेकोमा एमाले र व्यक्तिगत तर्फबाट स्वागत गर्नुभएको थियो । उहाँले यूएई विकासमा फड्को मारेको देश भएकोले त्यहाँबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउनुभयो । अध्यक्ष ओलीले राष्ट्रपति विद्या भण्डारीले केही समय पहिले यूएईको भ्रमण गरेको पनि स्मरण गराउनुभयो ।
भेटमा एमालेका उपमहासचिव विष्णु रिमाल, एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईं यएईका कार्यवाहक राजदुत इब्राहिम अल मेहिरी लगायतको सहभागीता थियो ।