माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश


काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा २०७९ असार १० गते एक कार्यक्रमका बीच गौतम लगायतका माओवादी नेता/कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो ।

तीनदशकभन्दा बढी समय कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनु भएका गौतम विद्यार्थी राजनीतिकका क्रममा २०६३ सालमा अनेरास्ववियु (छैटौं) को अध्यक्ष हुनुभएको थियो । गौतम दाङका स्थायी वासिन्दा हुनुहुन्छ ।

उहाँसँगै पार्टीमा प्रवेश गर्नेहरूमा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा रूपन्देही जिल्ला इञ्चार्ज पवन रेग्मी, वाइसीएल नेपालका स्थायी समिति सदस्य दिवस पाण्डे, लुम्बिनी प्रदेश कमिटी सदस्य कलिभान रोका हुनुहुन्छ ।

सो अवसरमा अध्यक्ष ओलीले माओवादीहरू दक्षिणपन्थी मोर्चामा गएको प्रसंग उठाउँदै प्रतिक्रियावादीको नेतृत्वमा गएर समाजवादमा पुगिँदैन भन्नुभयो ।

दुनियाँमा जस्तै नेपालमा पनि अहिले पूँजीवादी र समाजवादी धु्रबीकरण भइरहेको उल्लेख गर्दै पूँजीवादीहरूको नेतृत्व नेपाली काँग्रेसले गरिरहेको र समाजवादतर्फको यात्रामा एमाले एउटा शक्तिका रूपमा अगाडि बढिरहेको वताउनु भयो ।
देश बनाउने अभियानमा नेकपा(एमाले)सँग सही नीति, विचार,लक्ष्य, गन्तव्य र संगठन रहेको वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘नेता गौतम कसैले सम्झाएर होइन, यस पार्टीमा रहेर मात्र परिवर्तनको आन्दोलनमा योगदान पुर्याउन सकिन्छ भन्ने सही निष्कर्षका साथ प्रवेश गर्नुभएको छ, जुन कुरा अत्यन्त सही छ र म उहाँलाई स्वागत गर्दछु ।’

अध्यक्ष ओलीले २०१५ साल र त्यसयताका सबै निर्वाचन भन्दा यसपटकको स्थानीय निर्वाचन भ्रष्ट निर्वाचन भएको र एमालेका विरूद्ध सत्ता गठबन्धन दलहरूले राज्यसत्ताको चरम दुरुपयोग गरेका कारण केही सिट गुमाउनुपरेको वताउनुभयो ।

संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचनको लोकप्रिय जनमतमा अहिले पनि एमाले एक नम्बर पार्टीका रूपमा रहेको चर्चा गर्दै अध्यक्ष ओलीले सही विचार, सही गन्तव्य र सुदृढ संगठन रहेको हुँदा पार्टीले आगामी निर्वाचनमा विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पार्टी प्रवेश गर्नेहरू सबै समान नेता कार्यकर्ता हुनुहुन्छ भन्दै सबैले समुचित ढंगले जिम्मेवारी पाउने अध्यक्ष ओलीले वताउनुभयो । उहाँले कम्युनिष्टमात्र होइन, पार्टीको नीतिमा सहकार्य गर्न चाहने सबैलाई सँगै लिएर स्पष्ट गर्नुभयो ।
पार्टी प्रवेश गर्नुभएका नेता गौतमले मुलुकमा बामपन्थी धु्रबीकरणको आवश्यकता रहेको र त्यसको नेतृत्व नेकपा(एमाले)ले गर्न सक्छ भन्ने आफ्नो निष्कर्ष रहेको वताउनुभयो ।

उहाँले अव देश र जनताको अवस्थामा परिवर्तन ल्याउनुपर्ने बेला भएको र यो काम प्रतिक्रियावादीलाई नेतृत्व सुम्पेर सम्भव हुँदैन भन्नुभयो ।

बामपन्थी धू्रबीकरण अभियानका रूपमा ठूलो संख्यामा साथीहरू एमालेमा समाहित हुने वताउँदै आफूहरुको यो प्रवेश त्यसैको संकेत भएको स्पष्ट गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटव्युरो सदस्य ठाकुर गैरे, केन्द्रीय सदस्य कोमल ओली, गंगा चौधरीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई