गोली हानी गम्भीर घाइते बनाएको अभियोगमा दुई जना पक्राउ


सिरहा, लहान नगरपालिका-२२ बेली जटियाही बस्ने १८ वर्षीय दिलिप कुमार मुखियालाई गोली हानी गम्भीर घाइते बनाएको अभियोगमा सोही नगरपालिका-२२ बेली जटियाही बस्ने १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय किशोर लाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनीहरू तीन जना सँगै बसिरहेको अवस्थामा सुशान्तले दिलिपलाई गोली हानी घाइते भएको र प्रादेशिक अस्पताल लहान हुँदै थप उपचारको लागि धरान घोपा रिफर भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले सुशान्त चौधरीको साथबाट १ थान पेस्तोल, ५ राउण्ड गोली, १ थान म्याग्जिन र १ थान फायर भएको खोका तथा उनकै घर नजिकैको बाँसघारीबाट १ थान कटुवा पेस्तोल, कटुवा पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र पेस्तोलमा लाग्ने ४ राउण्ड गोली फेला पारी बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
नागरिकता बिद्येयक जस्ताको तस्तै पारित, पक्षमा गठबन्धन, बिपक्षमा एमाले

काठमाडौं, भदौं २ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन

एमालेका नेताहरू पाठशालामा

  काठमाडौं । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले आफ्नो बार्षिक कार्ययोजना अन्तर्गत आजदेखि कार्यकर्ताका लागि

अध्यक्ष ओलीले एमाले कार्यकर्तालाई यस्तो दिए निर्देशन

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ हुने आम निर्वाचनमा

२०७९ भाद्र ३ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ । वृष–सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई