बद्नाम गराउन स्रोत नखुलेको रकमको प्रचार


मोहन बहादुर बस्नेतको फेसबुकबाट

पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूलाई राजनीतिक र सामाजिक हिसाबले बद्नाम गराउन सहकारीमा स्रोत नखुलेको रकम छ भनी प्रचार गरिएको बताउनुभएको छ । महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा उहाँका नाममा रु ६१ करोड स्रोत नखुलेको रकम रहेको भन्ने समाचार केही सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो । त्यस विषयमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी पूर्वमन्त्री बस्नेतले स्रोत नखुलेको रकम छ भनी सार्वजनिक गरिएको सहकारीमा आफ्नो खाता नभएको जानकारी दिनुभयो । सहकारीमा स्रोत नखुलेको रु ६१ करोड छ भनी प्रचार गर्नुलाई आफूले त्यसैको कडीका रुपमा लिएको पूर्वमन्त्री बस्नेतको दाबी छ । समाचार तथ्यहीन र कपोलकल्पित भएकाले त्यसलाई विश्वास नगर्न उहाँले आग्रह गनुभयो । यसैबीच सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपकविक्रम थापाले पनि विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री बस्नेत र उहाँको परिवारका सदस्यको सहकारीमा खाता नभएकाले स्रोत नखुलेको पैसासमेत नराखेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई