अवैध लागूऔषध सहित छ जना पक्राउ


कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४८ ग्राम ४५ मिलिग्राम सहित सोही नगरपालिका-७ हल्दुखाल बस्ने २६ वर्षीय किशन दमाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा किशनलाई नगद १० हजार ३० रुपैयाँ र उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, बुढीगंगा गाउँपालिका-६ घेराबनीबाट करिब ८ केजी अवैध लागूऔषध गाँजा सहित सुन्दर हरैँचा नगरपालिका-३ बस्ने ४५ वर्षीय नेत्र भट्टराईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । को.१४ प ८९६० नम्बरको मोटरसाइकलमा सवार उनले झोलामा  १/१ किलोग्रामका ८ पोका गाँजा लुकाई ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र प्रहरी चौकी कोयलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँज सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र राना, २१ वर्षीय सुरज राना र २ जना १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले २ जना १८ वर्षीय किशोरलाई जाँच गर्ने क्रममा १ पोका ब्राउन सुगर फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा थप अनुसन्धान गर्दा सो कारोबारमा राजेन्द्र र सुरज समेत संलग्न रहेको खुल्न आएपछि उनीहरूको घरमा समेत जाँच गर्दा उक्त लागूऔषध र नगद ८ हजार १ सय रुपैयाँ सहित उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
नागरिकता बिद्येयक जस्ताको तस्तै पारित, पक्षमा गठबन्धन, बिपक्षमा एमाले

काठमाडौं, भदौं २ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन

एमालेका नेताहरू पाठशालामा

  काठमाडौं । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले आफ्नो बार्षिक कार्ययोजना अन्तर्गत आजदेखि कार्यकर्ताका लागि

अध्यक्ष ओलीले एमाले कार्यकर्तालाई यस्तो दिए निर्देशन

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ हुने आम निर्वाचनमा

२०७९ भाद्र ३ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ । वृष–सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई