जनतालाई धोखा दिएर एमसीसी पास गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डले नै नेपाललाई एसपीपीमा लैजान खोजे : अध्यक्ष ओली


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकलाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा लैजाने खतरा कायमै रहेको वताउनुभएको छ ।

जनतालाई धोखा दिएर एमसीसी पास गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले नै नेपाललाई एसपीपीमा लैजान खोजेको तर जनताको खबरदारीबाट पछि हटेको उहाँको भनाई थियो ।

जननेता मदन भण्डारीको ७१औं जन्मजयन्तीका अवसरमा २०७९ असार १४ गते काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले एसपीपीका सन्दर्भमा पठाइएको वास्तविक पत्र सार्वजनिक गर्न सरकारलाई चुनौती दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो– २०७२ असोज ३ मा संविधान जारी भयो, ६ गते प्रधानमन्त्री तथा रक्षामन्त्री सुशील कोइरालाले स्टेट पार्टनरसीप प्रोग्रामको अङ्ग बन्न नेपाल इच्छुक छ भन्ने निर्णय गर्नुभयो र पत्राचार गर्न भनि रक्षा मन्त्रालयले सेनालाई पत्र लेख्यो । म प्रधानमन्त्री असोज २६ गते भएँ, मलाई थाहा नदिई कात्तिक १० मा सेनापतिको पत्र गयो भनिएको छ । तर, त्यो पत्रको चलानी नम्बर टिपेक्स लगाएर हातले लेखिएको छ । पठाएको पत्रमा मिति पनि हातले केरमेट गरेको छ ।

यसबारेमा तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीबाट पनि यथार्थ जानकारी आउनुपर्ने उहाँको भनाई थियो ।

अध्यक्ष ओलीले भन्नुभयो–अमेरिकन एम्बेसीले पनि सत्य बोलोस् ।

आफूलाई मुछ्नका लागि त्यो पत्रमा अहिले टिपेक्स लगाएर सरकारले छली काम गरेको वताउँदै अध्यक्ष ओलीले सरकारलाई टिपेक्स नलगाएको ‘ओरिजनल’ पत्र देखाउन चुनौती दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो– म प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र हुनसक्छ, चलानी नम्बर हातले केरमेट गरेको छ ।

एसपीपीका सन्दर्भमा प्रचण्ड प्रधानमन्त्री भएको समय २०७४ बैशाख २४ गते इन्डोप्यासिफिक हेडक्वार्टरलाई फेरि पत्र लेखेको र २०७४ माघमा नेपाली काँग्रेसले चुनाव हारिसकेको अवस्थामा पनि प्रधानमन्त्री देउवाले पत्र पठाएको अध्यक्ष ओलीले वताउनुभयो ।

पूर्व प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएको बेला इण्डोप्यासिफिकको प्रतिवेदनमा नेपाल र भुटानको पनि नाम आएपछि आफूले कार्यदल बनाएर रोकेको प्रस्ट पार्नुभयो ।

उहाँले अहिले सार्वजनिक भएको सम्झौताको मस्यौदा गठबन्धन सरकार बनेपछि तयार भएको भन्दै यो बहुत खतरनाक रहेको वताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस  
विवादित नागरिकता विधेयक राष्ट्रपतिद्धारा संसदमै गरेपछी पुर्व महान्यायधिवक्ता बडालको यस्तो आयो स्टाटस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएपछी पुर्व महान्यायधिवक्ता रमेश बडालले

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । आइतबार साँझ

२०७९ साउन ३० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– बाेलीवचनले काम बन्नेछ । धनलाभको योग

सम्पती सबै देशका नाममा दिएको छु अन्य आम्दानीको स्रोत छैन : अध्यक्ष ओली

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पती देशका नाममा दिएको बताउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई