अदालतले पक्राउ पुर्जी जारी गरेपछी काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनले यस्तो लेखे स्टाटस


 

काठमाण्डौ ,असार १५ काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेपछी सामाजिक संजालमा फेसबुकमा एक स्टाटस लेख्दै आफु विरुद्ध पक्राउ पुर्जी जारी गरिनु पार्टीगत प्रतिसोधको पराकाष्ठा रहेको बताउनु भएको छ ।

सो प्रकरणमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको र सो विषय सामान्य मानवीय त्रुटी मात्र भएको बताउदै अध्यक्ष श्रेष्ठले चुनावमा आफु सँग पराजित भएकाहरुले शक्ति र सत्ताको चरम दुरुपयोग गरि अपराधी बनाई पक्राउ जारी गरिएकोमा दुख समेत व्यक्त गर्नुभएको छ ।

अख्तियारले सफाइ दिएको र जिल्ला सरकारी वकिलको कार्यलयले खोल्नु नपर्ने भनि थन्काएको मुद्दामा पहिला वडा अध्यक्ष मोहन बिष्ट लगायत भनि सम्बोधन गरिएको भएपनि अहिले दिनेश महर्जन सहित भन्ने बनाएर पक्राउ पुर्जी जारी गर्नु केवल राजनीतिक प्रतिसोध बाहेक केहि नभएको बताउदै महर्जनले वडावासीको शिर निहुराउने काम कहिले पनि नगरेको र नगर्ने प्रतिवदत्ता व्यक्त गर्नुभएको छ ।

 

महर्जनले सामाजिक संजालमा राखेको स्टाटस

पार्टीगत प्रतिसोधको पराकाष्ठा ! (१२००० वृद्व भत्ता बारे)
म दिनेश महर्जन हालको निर्वाचित का म पा ४ वडा अध्यक्ष पछिलो कार्यकाल निर्वाचित वडा सदस्य भएर आफ्नो जिम्मेवारि निभाउने क्रममा, जुन रु १२००० बृद्वभत्ता हिनामिना गरेको आरोप लगाइ म लगायत पुर्व वडा अध्यक्ष मोहन बिष्ट र पुर्व वडा सदस्य धुर्ब त्रिपाठि बदनाम गराउने साथै शक्ति र सताको चरम दुरुपयोग गरि अपराधी बनाई पक्राउ पुर्जि जारि गर्ने कार्य भएको छ। यो केवल चुनावमा म सङ पराजित मित्रहरुले प्रतिसोध साचि, मेरो चरित्र हत्या गर्ने र मलाई बदनाम गराउने प्रपोगान्डा मात्रै भएको कुरा सम्पुर्ण वडा-वासिलाई जानकारी भएकै कुरा हो।
यहाँ सम्पुर्णलाई यो अवगतनै छ, हाम्रो वडाले वृद्व बृद्वालाई वृद्व भत्ता घरघरै पुर्याई सेवा गरिरहेको थियो र छ । उक्त्त कार्यको लागि तत्कालिन वडा अध्क्षय मोहन बिष्ट आफ्नो कृयासिलता बढाउन सो कार्य आफ्नै अग्रसरतामा सकुन्तला नेपाल र सृजना ढुङानालाई साथ लिएर आफै घर-घर गइ सेवा भावले बितरण गर्नु भएको हो। सोहि क्रममा क्रमागत रुपम १७ नम्बरको वृद्वाले लिएको नगद १८ नम्बरको वृद्वा ले लिएको भनि हस्ताक्षर हुन गयो, जुन केवल एउटा सानो मानविय त्रुटि मात्रै थियो र पछि पहिचान हुना साथ सच्याउने कार्य पनि भयो। यहि घटनालाई, नेपाली काग्रेसका साथिहरुले बिकराल बनाइ, हामीलाई अपराधी बनाउने र चुनाव जित्न एजेन्डा बनाई प्रस्तुत गर्नु भयो, जबकि यस घटनामा म र धुर्व त्रिपाठिको कहि कतै संलग्नता छैन।
चुनावमा आफ्नो स्वतः पराजय देखे पछि अख्तियारले सफाइ दिएको र जिल्ला सरकारी वकिलको कार्यलयले खोल्नु नपर्ने भनि थन्क्याएको पहिले वडा अध्क्षय मोहन बिष्ट लगायत भनि सम्बोधन गरिएको मुद्दा पछि एकाएक महान्यायाधिवक्ताको कार्यलयबाट स्थानिय निर्वाचनमा मेरो उम्मेदवारी रोक्ने हेतु दिनेश महर्जन लगायत भनि पक्राउ पुर्जि जारि गरियो। वडा बासि सम्पुर्णलाई यो जानकारी भएकै कुरा थियो त्यसैले, सबै नकारात्मक प्रचारवाजिका वावजुद, तपाईहरु को आशा र भरोसा ममा रहि रहयो र यस निर्वाचनमा मैले कहिले आक्षेप नलगाएको मेरो प्रतिद्वन्द्वी साथि भन्दा दोब्बर भन्दा बढि मत दिएर मलाई निर्वाचित गराई, यो सिद्द गरिदिनु भयो कि, गलत हल्ला गरि अरुलाई बदाम गराउनेले होइन चुनाब त निस्वार्थ भावले सेवा गर्नेले नै जित्छ।
यो शृङ्खला अझै रोकिएको छैन, जिल्ला सरकारी वकिलको कार्यलयले मुद्दा चलाउन नमिल्ने भनि माथि पठाएको फाइलबाटै सत्ता र शक्तिको आडमा फेरि एक चोटि काठमाडौं जिल्ला अदालतले नियमै मिचेर पक्राउ पुर्जि जारि गरेको छ जुन ज्यादै अचम्मित तुल्याउने किसिमको छ जुन सत्ता र सक्तिको चरम दुरुपयोगको पराकाष्ठा हो। महानगरपालिका काठमाडौंको मुटु बालुवाटार सहितको ४ न वडाको म स्वयम् वडा अध्क्षय समेतलाई संम्लग्नै नभएको घटनामा यो अन्याय पार्ने मेरो देशको नियमले सर्वसाधारणलाई झन के गरिरहेको होला?
अन्तमा मलाई विश्वास गर्नु हुने सम्पुर्ण वडा वासिलाई यो भरोस दिलाउन चाहन्छु कि तपाईहरुको शिर निहुराउने काम मैले कहिले गरेको छैन र गर्ने पनि छुइन। यदि दोषि प्रमाणित भए म जुनै किसिमको सजाय भोग्न तयार छु।
दिनेश महर्जन
का म पा ४
वडा अध्क्षय,
प्रतिक्रिया दिनुहोस  
एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न पर्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका

समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् :एमाले सचिव भट्टराई

काभ्रे । नेकपा (एमाले)  काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ । नेकपा (एमाले) काभ्रे जिल्ला

२०७९ साउन २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वृष– नयाँ जिम्मेवारी हात पर्ने

शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला सिङ्गो पार्टीपङ्तीका सम्पूर्ण क्रियाकलाप महासङ्ग्रामका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई