एमालेका अध्यक्ष ओलीलाई भेट्न अब पार्टी केन्द्रीय कार्यलयमा जानुपर्ने
काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयबाट हुने भएको छ ।
अध्यक्ष ओलीको सचिवालयले जनाए अनुसार अब उहाँलाई भेट्न चाहनेहरुले पार्टी केन्द्रीय कार्यलय च्यासलमा समन्वय गरेर समयको व्यवस्थापन गर्नुपर्ने छ ।
बालकोट निवासमा अध्याधिक भिड बढेपछि भेटघाटका लागि पार्टी केन्द्रीय कार्यलयमा व्यवस्थापन गरिएको हो । केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार अध्यक्ष ओली अपरान्हसमम पार्टी केन्द्रीय कार्यलयमा बस्नुहुनेछ ।