कस्तुरीको विना जस्तो देखिने धुलो सहित पक्राउ
काठमाडौं, कोरियन नागरिक राहदानी नम्बर एम८२६२०३६१ वाहक ५५ वर्षीय जङ जून जनलाई करिब ७ सय १६ ग्राम कस्तुरीको विना जस्तो देखिने धुलो पदार्थ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कोरियन एयरको उडानद्वारा काठमाडौंबाट कोरियाको सिओल जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा निजले लगाएको जुत्ताभित्र प्लास्टिक र टेपले बेरिएको २ पोकामा रहेको उक्त पदार्थ फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौंमा पठाइएको छ ।