वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव
काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम गठबन्धन गरेर निर्वाचन लड्न प्रस्ताव गर्नुभएको छ ।
आज विहान अध्यक्ष ओलीसँग भेट गर्दै गौतमले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कम्युनिष्ट शक्तिहरूको तालमेलको प्रस्ताव गर्नुभएको हो । भेटमा भन्नुभयो, ‘आफू आफू चुनाव लड्ने हो भने कम्युनिष्टहरूको हार निश्चित छ, त्यसैले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मिलेर चुनाव लडौं ।’
गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत निर्वाचनमा वामगठबन्धन गरेर जान तयार रहेको अध्यक्ष ओलीलाई सुनाउनुभएको थियो ।
भेटमा अध्यक्ष ओलीले वाम गठबन्धनमा आफू समेत सकरात्मक रहेको तर प्रचण्ड र नेपाल अझै सुध्रन आवश्यक रहेको जवाफ गौतमलाई दिनुभएको थियो ।