नेपाली काङ्ग्रेसका चर्चित नेताहरू नै एमाले प्रवेश (सूचिसहित)


भक्तपुर । बागलुङ जिल्ला नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सचिव नवराज पौडेलसहितको टोली नेकपा (एमाले) प्रवेश गरेको गरेको छ ।
आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पौडलसहितको ठूलो टोली एमाले प्रवेश गरेको हो । एमाले प्रवेश गरेका सबैलाई अध्यक्ष ओलीले स्वागत गर्नुभयो । नेपाली काङ्ग्रेसमा करीब ४३ वर्ष काम गर्नुभएका बाग्लुङ जैमिनीका पौडेलले मुलुकको विकास, समृद्धि र राष्ट्रियताको जगेर्ना एमालेबाट मात्रै सम्भव भएको बताउनुभयो ।
‘मैले नेपाली काङ्ग्रेसमा रहेर करीब ४३ वर्ष विभिन्न जिम्मेवारीमा रहेर काम गरेँ,’ पौडलले भन्नुभयो, ‘राजनीतिक लडाईँ सकियो अब मुलुकको विकास, समृद्धि र राष्ट्रियताको जगेर्ना गर्नुपर्ने आवश्यक छ । त्यो नेपाली काङ्ग्रेसबाट सम्भव छैन । एमालेबाट मात्रै सम्भव देखेपछि म एमाले प्रवेश गरेको हुँ । मेरो उर्जाशील समयको ४३ वर्ष काँग्रेसमा विताएँ । अब मेरो अनुभव र पसिना एमालेमा खर्च गर्छु ।’
पञ्चायकालदेखि नै राजनीतिमा सक्रिय पौडल कुनै समय काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै जेल बस्नु भएको थियो । पौडेलसँगै एमाले प्रवेश गर्नुभएकी मञ्जु चालिसे भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा काङ्ग्रेससँग असन्तुष्ट भएपछि स्वतन्त्रबाट गल्कोट मेयरको उम्मेदवार बन्नुभएको थियो । उहाँले स्वतन्त्रबाट ३४सय मत ल्याउनु भएको थियो । उहाँ बाग्लुङमा निकै चर्चित नेतृका रुपमा परिचित हुनुहुन्छ ।
उहाँहरुसँगै नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीका अध्यक्ष तिलक उप्रेती, बिष्णुप्रसाद, नरेन्द्रबहादुर काउचा, तुलसी गौतम, धनप्रसाद सुवेदी, बद्री रेग्मी, गणेश बुढाथोकी, हेमबहादुर बोहोरा, बसन्त बोहोरा, शेख अमिर मिया, डाक्टर आशिस शर्मा चालिसे, प्रेम खत्री, यामबहादुर रोक्का मगर, डाक्टर प्रतिक थापा, डाक्टर प्रवल तिवारी, इञ्जिनियर सौगात क्षेत्रीलगायत पनि एमाले प्रवेश गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस  
विवादित नागरिकता विधेयक राष्ट्रपतिद्धारा संसदमै गरेपछी पुर्व महान्यायधिवक्ता बडालको यस्तो आयो स्टाटस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएपछी पुर्व महान्यायधिवक्ता रमेश बडालले

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । आइतबार साँझ

२०७९ साउन ३० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– बाेलीवचनले काम बन्नेछ । धनलाभको योग

सम्पती सबै देशका नाममा दिएको छु अन्य आम्दानीको स्रोत छैन : अध्यक्ष ओली

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पती देशका नाममा दिएको बताउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई