पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम किन भए निष्कासित !
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित हुनुभएको छ । अभियानमा आबद्ध चार वटा पार्टीको बहुमतबाट वामदेवलाई निष्कासन गरी युवराज सफललाई संयोजक बनाइएको छ ।
शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा चार पार्टीको शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरी सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरिएको छ , जसमा कृष्णगोपाल वञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर वञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने रहनु भएको छ ।
गौतममाथि सांगठानिक अराजकता, तानाशाही शैली र अराजनीतिक व्यवहार प्रस्तुत गरेको आरोप लगाइएको छ ।