चुनावमा भएको अन्तरघातको छानबिनका लागि एमालेको समिति गठन संयोजकमा विष्णु पौडेल
काठमाडौं– नेकपा एमालेले चुनावमा भएको अन्तरघातको छानबिनका लागि समिति गठन गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीभित्रैबाट भएका अन्तरघातका घटनाहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो ।
पार्टी सचिवालय बैठकले तीन सदस्यीय समिति गठन गरेको हो । समितिलाई छानबिनका साथै कारबाहीको पनि अधिकार प्रत्यायोजन गरिएको छ ।