राष्ट्रपतिकै फोटो राखेर नक्कली फेसबुक पेज बनाएपछी साइबर ब्युरोले अनुसन्धान थाल्यो


काठमाडौं, २१ असार । राष्ट्रपति विद्यादेवी भण्डारीकै फोटो राखेर नक्कली फेसबुक पेज बनाएको पाइएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ । फेसबुकमा अनुदान नामको फेसबुक पेज बनाएर राष्ट्रपतिको फोटो राखेर विभिन्न प्रलोभन देखाउँदै पोस्ट गर्न थालेपछि साइबर ब्युरोले अनुसन्धान थालेको हो ।

‘राष्ट्रपतिकै फोटो दुरुपयोग गरेर यसरी गैरकानुनी क्रियाकलाप गरिरहेको थाहा पाउनेबित्तिकै हामीले साइबर ब्युरोलाई अनुसन्धानका लागि आग्रह गरेका छौँ, उहाँहरूले अनुसन्धान गरिरहनुभएको जानकारी प्राप्त भएको छ’, राष्ट्रपछिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।

नक्कली पेजमा ‘राज्य सहायताका लागि अहिले दर्ता गर्नुहोस् र नेपालमा प्रतिपरिवार एक हजार डलरसम्म पाउनुहोस्’, भन्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस  
विवादित नागरिकता विधेयक राष्ट्रपतिद्धारा संसदमै गरेपछी पुर्व महान्यायधिवक्ता बडालको यस्तो आयो स्टाटस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएपछी पुर्व महान्यायधिवक्ता रमेश बडालले

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । आइतबार साँझ

२०७९ साउन ३० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– बाेलीवचनले काम बन्नेछ । धनलाभको योग

सम्पती सबै देशका नाममा दिएको छु अन्य आम्दानीको स्रोत छैन : अध्यक्ष ओली

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पती देशका नाममा दिएको बताउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई