हामीले चुनाव हारेका होइनौं, जितेका छौं, हामीसँग एक्लै लडन सक्ने ताकत कसैसँग छैन : एमाले अध्यक्ष ओली


काठमाडौं, असार २२ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक्लै जित्ने गरी तयारी तीब्र पार्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रले पार्टी केन्द्रीय कार्यालय च्यासनलमा जनसंगठनका अध्यक्षहरुसँगको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा परिणाममा केही तलमाथि भएको भए पनि एमालेले चुनाव जितेको बताउनु भयो । ‘चुनाव परिणाम हेर्दा एमाले हार्यो भन्दै बिरोधीहरु प्रचार गरिरहेका छन तर हामी चुनाव हारेका होइनौं, जितेका छौं, हामीसँग एक्लै लडन सक्ने ताकत कसैसँग भएन । अव पनि एक्लै लडने आँट गर्दैन । कसैले पनि एमालेसँग एक्लै भिडने आँट गर्दैन । सव थर्कमान छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले अगाडि थप्नुभयो, ‘ एमालेको नाम सुन्दा हरेकको एक पटक सातो जान्छ । हरेक गठबन्धन छ नि भनेर सम्झाउनु पर्छ । देशभित्र र बाहिरका सवै शक्ति लगाउँदा यस्तो छ । हामी कमजोर होइन, सवैभन्दा बढी भोट ल्यायौं । पूजीवाद, समाजवाद अर्कातिर ।बिकाउ मालहरु एकातिर हुनछन, बिकाउ नबन्नेहरु अर्कातिर हुन्छन । हामी बिजयी मानसिकताका साथ अघि बढन आवश्यकता छ त्यो नै यथार्थ हो । त्यसैले बिजयी मानसिकताका साथ अगाडि बढनोस ।’

गठबन्धन सरकारले गरेको ज्याद्धती र अपराधका कारण जनता एमालेको सरकार संझन थालेको तथ्य पनि अध्यक्ष ओलील्े सुनाउनु भयो । ‘अहिले गठबन्धनका नाममा जे भइरहेको छ, ‘हामी पटक पटक परिक्षण भइरहनु पर्छ, गठबन्धनकै कारण जनताले को देशको हितमा छ, को जनताको हितमा छ भन्ने प्रष्ट भयो । हाम्रा निम्ति यस्तो परिक्षा घरिघरि भइरहनु पर्छ, यस्तो तुलना पनि घरिघरि भइरहनु पर्छ । नत्र जनताले थाह पाउने थिएनन,’ अध्यक्ष ओलीले भन्नुभयो ।

चुनावको थप समिक्षा गर्दै ओलीले थप्नुभयो, ‘हामीहरु अलिक डिफेन्सिप मानसिकतामा गए जस्तो देखियो चुनाव परिणामले । अलिक प्रतिरक्षात्मक जस्तो मानसिकतामा देखियौं चुनावपछि । हामी चुनाव हारयौं कि भन्ने मानसिकता देखियो । यससम्बन्धमा हामी प्रष्ट हुनुपर्छ–हामीले चुनाव हारेका छैनौं, जितेका छौं । यत्रो घेरावन्दी हुँदा पनि हामी एक्लै लडेर जीत हासिल गरेका छौं । बिरोधीहरु एमालेसँग एक्लै लडन सकिन्न भन्ने त्रासमा पुगेका छन ।’

 

उहाँले नेपाल बिगत दुई बर्षदेखि चलिरहेको संघर्ष पूँजीवाद र समाजवादबीचको लडाईं रहेको र समाजवादको नेतृत्व एमालेले तथा पूजीवादको नेतृत्व कांग्रेस नेतृत्वको गठबन्धनले गरेको पनि बताउनु भयो । ‘अहिले बिश्वमा दुइटा बिचार छ, पूजीवाद र समाजवादबीचको संघर्ष बाद बिवादमा मात्रै होइन, शान्तिपुर्ण भिडन्तका रुपमा भइराखेको छ । अहिल कुनै भयानक शष्त्रास्त्रको प्रयोगबाट भिडन्त भइराखेको छैन । शान्तिपूर्ण रुपमा तीब्र प्रतिस्पर्धा छ । पूँजीवादले आफ्नो प्रभुत्व कायम राख्नका निम्ती बिश्वब्यापी संघर्ष गरिरहेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘यस्तो बेला नेपालमा समाजवादी शक्तिले पुँपीवादलाई गेम इज ओभरको अवस्थामा पुर्याइ दियो । बिश्वमा पूजीवाद आफ्नो प्रभूत्व कायम गर्न खोजिरहेको बेला नेपालमा पूजीवादी शक्तिलाई समाजवादी शक्तिले खाइ दिने अवस्था आयो । दुईतिहाईको सरकार केन्द्रमा, ७ मध्ये ६ वटा प्रदशेमा सरकार बन्यो । अर्थात पूजीवादी शक्ति नराम्रोसँग पराजीत हुने अवस्थामा गयो । त्यसैकारण उनीहरु योजनावद्ध रुपमा षडयन्त्रमा लागे । र हाम्रै पार्टीभित्रका कतिपयलाई हतियारका रुपमा प्रयोग गरे ।’

अध्यक्ष ओलीले जनताको बीचमा लोकप्रिय रहेकै कारण एमाले नेतृत्वको सरकार हटाउन बम्हास्त्र प्रयोग (परमादेश) गरिएको तथ्य सबिस्तार राख्नुभयो । ‘हामीबिरुद्ध अन्तिम अश्त्र, ब्रम्हाष्त्र (परमादेश) नै उनीहरुले प्रयोग गरे । त्यो बम्हास्त्रको प्रयोग बेठीक ठाउँमा पुग्दा कस्तो हुन्छ ? भने अस्वथामाको जस्तो कलंक बोक्नुपर्छ । गलत ठाउँमा प्रयोग गर्दा उस्को निधारमा जीवनभर नहटने घाउ कलंकको रुपमा रह्यो । अहिले नेपालमा पनि ब्रम्हास्त्र प्रयोगकर्ताहरुको दुर्दशा आगन आँगनमा देखियो ।’

अध्यक्ष ओलीका अनुसार अबान्छित शक्तिका बिरुद्ध मात्रै, अन्यायी शक्तिका बिरुद्धमात्रै प्रयोग गर्नका लागि हो ब्रम्हास्त्र । न्यायप्रमी शक्तिको बिरुद्ध प्रयोग गर्नु हुँदैन थियो त्यो शक्ति । तर त्यो प्रयोग गरियो । त्यसका लागि अनेक तमासा गराइयो । यस्तो बेला ब्याक फोर्स पनि प्रयोग गरियो । अनेक रुप धारण गरेका सवैप्रकारका तत्वहरु प्रयोग भए । नेकपा एमालेलाई ध्वस्त पार्न, समाप्त पार्ने कोशिष र षडयन्त्र भयो । यी सवै अस्त्र, शस्त्र, ब्रम्हास्त्र, षडयन्त्र सवैलाई तोडेर एमाले पंक्तिले पार्टीको रक्षा गर्यो, सुदृढ गर्यो, अगाडि बढायो ।

एमाले ओलीले थप्नुभयो, ‘हामीलाई समाप्त पार्ने अन्तिम प्रयाश भएकै हो नि । धुलो चटाइ दिन्छौं भनेकै हुन । ध्वस्त बनाइ दिन्छौं, पत्तासाफ बनाउँछौं, भित्तामा टासिदिन्छौं भन्दै हामीलाइ भने ।’

 

आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन देश बर्वाद बनाउने बाटोमा लागेको र मुलुकप्रति ध्यान दिनै छडेको तथ्य पनि राख्नुभयो ।

‘बजेट बनाउँदा सेटिंग गरेर अन्तराष्ट्यि रुपमा पनि कँही पनि यति सारो घटिया तहमा, यति नांगो भ्रष्टाचार, यति राष्ट्रिय बेइमानी, यति राष्ट्रिय ढुकुटीमाथिको डकैती कँही कतै छैन । बजेट निर्माणको आचरण तोडेर अनि कारोवारीहरुका प्रतिनिधिहरु सामेल गराएर, बोलाएर कर तिर्नुपर्ने ब्यापारीहरुसँग बसेर करका दरहरु परिवर्तन गरियो,’ ओलीले भन्नुभयो, ‘ब्यापारिक घरानाका प्रतिनिधि राखेर, बिचौलियाका एजेण्ड राखेर मोलमोलाइ गरेर करका दरहरु परिवर्तन गरियो । यो हर्कत गरिए । यस्तो सरकार नभएको भए नेपाली जनताले, दनियाँले अघिल्लो सरकारले कोभिडको त्यस्तो महामारीमा पनि कसरी सवै सुचकहरु तल जान नदिएर काम गरेको थियो भन्ने तुलना गर्न पाइने थिएन ।’

यथास्थितिवादको रक्षाका निम्ति भाषा बिगारियो

अध्यक्ष ओलीले यथास्थितिवादको रक्षाका लागि नेपाली भाषा बिगार्ने कामसमेत भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो भाषामा जुन गरिमा छ, त्यो अरुमा छैन । तर त्यसलाई मारेर बिदेसीको नक्कल गरेर अनआदरणीय बनाउने काम पनि भएका छन । समाजलाई नेपाली भाषाप्रति, दलहरुप्रति अनादर फैलाउने डरलाग्दो प्रयाश भइरहेको छ । यी सवै कुरा यथास्थितिवादको रक्षाका निम्ति भइराखेको छ । यी सवै तमासा यसैको लागि भइरहेको छ । अग्रगामी चेतनाबाट बञ्चित गर्नका निम्ति भइरहेका छन । खासगरी युवा पंक्तिलाई अग्रगामी चेतनाबाट बञ्चित गर्नका निम्ती नेपाली भाषा बिगार्ने काम भइराखेको छ ।’

 

अव कसरी अगाडि बढने ?
हाम्रो बिचार सही छ, हाम्रो उदेश्य सही छ । हाम्रो गन्तब्य सही छ । यस अभियानमा सम्पुर्ण जनतालाई गोलबन्द गर्दै पराजीत गरेर अगाडि बढछौं । अहिलेका गठबन्धनमा रहेको शक्तिहरु मुलुक बर्वाद बनाउने षडयन्त्रमा डुवेका छन । यस्ता तत्वहरुलाई प्रधानमन्त्री बनाएर गठबन्धन तोडनुपर्छ भन्ने हो भने एमाले जनताको बीचमा किन जानु पर्यो ? यो गठबन्धन नै राष्ट्रिय लुटेरा हो । जनार्दन शर्मा भन्दा कुनै फरक छैनन गठबन्धनका कोही पनि ।

गठबन्धन तोडने नाउमा बजेटमारा, देशको लुटेराहरुलाई आदर्श बनाएर हामी समाजवादको गन्तब्यमा पुग्छौं भन्ने कल्पना गर्ने ? यो संभव छैन । बिचौलिया राखेर बजेट बनाएर देशको ढुकुटी लुटनेहरुलाई अथवा त्यस्ता कुराको भर परेर हामी जित्छौं भन्ने भ्रममा कोही पनि पर्नु हुन्न । सरकार बनाउने, प्रधानमन्त्री हुने हतारो हो कि हामीलाई समृद्ध नेपाल, सुखी नेपाली बनाउने गन्तब्यमा पुग्ने हो हामी ? हामी गन्तब्यमा पुग्ने हो । दौडमा सामेल हुने हो भने बैशाखी फ्याक्नुस, कुदनोस । अन्यथा केही गर्न सक्नुहुन्न ।

 

 

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई