बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
बर्दिया, बहुविवाह मुद्दाका फरार प्रतिवादी ठाकुरबाबा नगरपालिका-२ प्रतापुर बस्ने ४० वर्षीय निरक बहादुर थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बर्दियाको २०७१ जेठ ७ गतेको आदेशले बहुबिवाह मुद्दामा फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय भुरीगाउ बर्दियाबाट खटिएको प्रहरी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत बर्दिया गुलरियामा बुझाइएको छ ।