नारायणी नदीमा दुई महिना पछि नेपाली “पानीजहाज” चल्दै
राइनो वाटर इन्टरटेन्मन्ट प्राइभेट लिमिटेडले चितवनको काभ्रेघाटमा पानीजहाजको निर्माण कार्य गरिरहेको छ। कम्पनीका प्रबन्धक निर्देशक रामचन्द्र कँडेल आफु पहिलो पटक जर्मनी गएको बेलामा पानीजहाज बनाउने विचार आएको बताउँछन्। त्यही विचारलाई मूर्त रूप दिन उनि साथीहरु सँग मिलेर पानीजहाज निर्माणको कार्य थालेको कम्पनीका प्रबन्धक निर्देशक कँडेलले बताए।
नेपालमा यस अघि पानीजहाज नबनेकोेले उनले बनाएको पानीजहाज नेपालको पहिलो पानीजहाज भएको उनको दाबी छ। त्यसका लागि उनले सिङ्गापुर, मलेशिया, जर्मनी र भारत लगायतका देशहरु गएर क्रूज निर्माता कम्पनीको अवलोकन गरेको उनले बताए।
नर्वेजियन प्रविधीमा भारतको ग्रान्ड्युर मरीन इन्टर्न्याश्नल कम्पनीले उक्त पानीजहाजको निर्माण गरिरहेको छ भने पर्यटन बर्ष सन २०२० लाई लक्षित गरि उक्त पानीजहाज सञ्चालनमा ल्याउने प्रबन्ध निर्देशक कँडेलले बताए।
पर्यटकहरूले चितवन राष्ट्रिय निकुञ्जको अवलोकनपछि नारायणी नदीमा पानीजहाज यात्राको मज्जा लिऊन् भन्ने आफ्नो उद्देश्य रहेको प्रबन्ध निर्देशक कँडेलले बताए। उक्त पानी जहाज ज्ञानेश्वर सामुदायिक वनदेखि देवघाट ९गोलाघाटसम्म सञ्चालन गर्न कम्पनीले अनुमति प्राप्त गरि सकेको उनले जनाएका छन।
करिब ३५ करोड लागतमा निर्माण भई रहेको उक्त पानीजाहाजको लम्बाई १०० मिटर छ भने चौडाई २५ मिटर रहेको छ। दुइतले ढाँचामा निर्माण गरिएको उक्त पानीजहाजको यात्रु बाहक क्षमता २०० जनाको छ।