एमाले पोलिटब्यूरो सदस्य सुर्य थापाको आयो यस्तो स्टाटस


काठमाडाैँ असार २७ : नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले श्रीलंका र भारतमा परिवारवादले पतन गराएकाे उदाहरण ढुंगाकाे अक्षरमा लेखिएको छ भन्दै भारतमा काङ्ग्रेस आईकाे हालत उठ्नै नसक्ने गरी यही कारणले भासिएकाे धेरै भयाे भन्नुभएको छ । थापाले सोमवार बिहानै सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उक्तकुरा बताउनु भएको हो ।

हेर्नुस थापाको स्टाटस

 

खतराकाे घण्टी
परिवारवादले पतन गराएकाे उदाहरण ढुंगाकाे अक्षरमा लेखिएको छ- श्रीलंकामा! छिमेकी भारतमा काङ्ग्रेस आईकाे हालत उठ्नै नसक्ने गरी यही कारणले भासिएकाे धेरै भयाे।
यहाँ अचेल नारायणकाजी श्रेष्ठले जस्ताे नकारात्मक पर्सेप्सन बनाउने देशघाती कुरा गर्ने तरिकालाई त म उचित ठान्दिनँ। तर दाहालकाे परिवारवाद र परिवारतन्त्र(राज्य र पार्टीका नेतृत्व तहमा भाइ, छाेरी, ज्वाइँ, बुहारीलाई प्राथमिकता), देउवाकाे पत्नी र पुत्रमाेह(कमिशन र व्यापारमा संरक्षण), माधव नेपालकाे आफन्त(सम्धी,भाइ, बहिनी र ज्वाईं)माेह हुँदै माेहनविक्रम सिंहकाे (पत्नी)माेह समेत छर्लङ्ग भएकै छ। यस्ता मति र व्यवहार पटक्कै ठीक छैनन्। जनतामा असन्तुष्टिकाे आगाे फुक्ने कार्य यिनै केही स्वघाेषित अगुवाहरूले गरिरहेकाे तथ्य स्पष्ट छ।गण्डकीका मुख्यमन्त्री र मन्त्रीले राज्यकाे बजेटबाट गरेकाे पितृश्राद्द मात्र हाेइन, राष्ट्रिय जनमाेर्चाकी सांसद पियारीकाे संरक्षकत्वमा उनका पति अध्यक्ष रहेकाे संस्थालाई दिइएकाे कराेडाैं रकम (खासमा एमाले नेतृत्वको प्रदेश सरकार ढाल्न खेलेकाे भूमिकाकाे लागि गरेकाे नगदनारायणकाे प्रबन्ध)ले लुटतन्त्रकाे झाँकीझलक देखाइसकेकाे छ। हरेक व्यक्तिका यस्ता स्वार्थी रवैया जनताको निगरानीबाट टाढा छैनन्!
यस्तै तरिका र व्यवहारले व्यक्ति र प्रणालीलाई पतनकाे बाटाेमा पु-याउने खतरा स्पष्ट देखिन्छ। यहाँ ढाकछाेप र स्तुतिकाे तौरतरिका बन्द गरेर सम्बन्धितहरूले सच्चिने इमानदार काेशिस गर्नुपर्ने खाँचाे अपरिहार्य छ।

प्रतिक्रिया दिनुहोस  
एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न पर्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका

समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् :एमाले सचिव भट्टराई

काभ्रे । नेकपा (एमाले)  काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ । नेकपा (एमाले) काभ्रे जिल्ला

२०७९ साउन २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वृष– नयाँ जिम्मेवारी हात पर्ने

शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला सिङ्गो पार्टीपङ्तीका सम्पूर्ण क्रियाकलाप महासङ्ग्रामका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई