अध्यक्ष ओली र चिनियाँ नेता लिउबीच यस्तो भयो छलफल


काठमाडौं – काठमाडौं, असार २८ । चार दिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागका प्रमुख लिउ चियानछाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा साढे चार घण्टा भन्दा बढी समय बिताउनु भएको छ ।May be an image of 2 people, people sitting, people standing and text that says 'NEPAL'
अध्यक्ष ओली र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयहरुमा कुराकानी भएको नेकपा(एमाले) विदेश विभाग प्रमुख डा.राजन भट्टराईले वताउनुभयो ।
डा. भट्टराईका अनुसार, नेपाल र चीनबीचको सम्बन्ध धेरै अगाडिदेखि सुमधुर रहँदै आएको र आजको बदलिँदो अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिक परिस्थितिमा पनि चीन र नेपालबीचको सम्बन्ध हामीले विगतमा तयार गरेका आधार र मान्यताहरुकै आधारमा अगाडि बढाउने विषयमा दुबैतर्फबाट प्रतिबद्धता जाहेर भएको छ ।May be an image of 2 people and people standing
नेपाल र चीन बीचको सम्बन्ध पारस्परिक हितका आधारमा अगाडि बढाउने तथा दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकका भएकाले एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिमा अगाडि बढिरहेका छन् ।
चीनले नेपाललाई अत्यन्त नजिकको मित्रराष्ट्रका रुपमा हेर्ने गरेको र नेपाल विकासमा भरपर्दो विकास साझेदार मुलुकका रुपमा रहँदै आएको र त्यसलाई निरन्तररुपमा अगाडि बढाउन चाहेको कुरा छलफलका क्रममा चीनका तर्फबाट सीपीसीका विदेश विभाग प्रमुख लिउले राख्नुभएको थियो ।May be an image of 9 people, people sitting, people standing and indoor
त्यसैगरी नेपालको तर्फबाट अध्यक्ष ओलीले नेपालले विगतदेखि भन्दै आएको एक चीन नीति र सँगसँगै नेपाली भूभाग चीन लगायत अन्य मित्रराष्ट्रका विरुद्धमा प्रयोग नहुने÷ हुन नदिने प्रतिबद्धता जाहेर भयो । त्यो पुरानो प्रतिबद्धतामा नेकपा एमाले प्रतिबद्ध छ । त्यसलाई निरन्तर रुपमा अगाडि बढाउन चाहन्छौं भन्ने कुरा अध्यक्ष ओलीले राख्नु भएको विदेश विभाग प्रमुख भट्टराईले जानकारी दिनु भयो ।
अध्यक्ष ओलीसँग लिउले बिहान १० बजे देखि दिउसो साढे २ सम्म भेटघाट गर्नुभएको थियो ।

त्यसभन्दा बाहेक दुईवटा पार्टीका बीचमा, यद्यपी हामी दुईटा देशका दुईटा छुट्टै पार्टी हौं, हामीले हाम्रो देशको परिस्थिति अनुसार हाम्रा विचारहरु निर्माण गरेका छौं, हामीले माक्र्सवादलाई यहाँको परिस्थिति आन्तरिक परिस्थिति सबै कुरालाई ध्यानमा राखेर व्याख्या गरेका छौं भने चिनियाँहरुले आफ्नो खालको व्याख्या गरेका छन् माक्र्सवादको । र त्यस अनुसार अगाडि बढेका छन् । त्यसो भएको हुनाले यी विषयमा हामीले आ आफ्ना देशको स्वतन्त्र हिसावको।। अगाडि बढाइरहेका छौं । नेपालले गर्ने निर्णय नेपालले लिने नीतिका बारेमा नेपालले स्वतन्त्र हिसावले निर्णय लिने छ । जुनसुकै विषयमा । त्यसैगरी चिनियाँहरुले पनि त्यसै हिसावले लिने हो ।
हामीले हाम्रो मैत्रीपूर्ण सम्बन्ध र अहिले जुनसुकै परिस्थिति अगाडि बढेता पनि यो सम्बन्धलाई विगतमा जे जस्तो हिसावबाट हामी अगाडि बढेका थियौं त्यही हिसावले । अगाडि बढ्नु उचित हुन्छ भन्ने विषयमा उहाँहरु बीच कुराकानी भएको छ ।
नेपाल सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट हो यो मुलुकले लिने नीतिका बारेमा हामी सम्मान गछौं । सँगै हामी छिमेकी मित्रराष्टहरु हौं, हामीले अरु मुलुकसँग अन्तराष्टिय सम्बन्ध कस्तो रहन्छ भन्ने हिसावमा हामीले नेपाललाई हेर्दैनौ, हामीले नेपाल र चीनको हितमा पारस्परिक समानताका आधारमा पारस्परिक लाभका आधारमा ।्सम्बन्ध निरन्तररुपमा त्यही रुपमा अगाडि बढाउन चाहन्छौ ।
विचार मिल्नेहरु एकठाउँमा आउन सक्नुहुन्छ तपाईंहरुको कुरा हो । यस मामिलामा यसो गर्नुस् उसो गर्नुस् त्यो हामीले । भन्न चाहन्नौं । त्यो तपाईहरुको आन्तरिक मामिलो हो भन्ने छ उहाँहरुको । दुई देशको सम्बन्ध राष्ट्रिय हित हेरेर हुन्छ ।
चारदिने नेपाल भ्रमणमा आइतबार यहाँ आउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई