एसईईको नतिजा साउन पहिलो साता आउने


भक्तपुर- माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा ९एसईई० परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले भन्नुभयो, ‘असार मसान्तभित्र गर्ने भनेर तयारी थालेका थियौं । तर, उत्तरपुस्तिका संकलनमा ढिला भएकाले नतिजा सार्वजनिक गर्न पनि ढिला हुने भयो । सम्भवत साउन पहिलो हप्ताभित्र सार्वजनिक गर्छौं ।’
देशभरका ५६ परीक्षण केन्द्रहरुबाट उत्तरपुस्तिका असार २१ गते एसईई परीक्षा नियन्त्रण कार्यलयमा जम्मा भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष विद्यार्थीहरुको प्राप्ताङ्क प्रदेशले नै अपडेट गर्ने बताउँदै आएको थियो । तर, प्रदेशले अपडेट गर्ने सफ्टवेयर जडान भइनसकेकाले यो पटक केन्द्रबाटै सबै नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई