एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालको यस्तो आयो स्टाटस
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले आफू प्रमुख रहेको विभागमा उल्लेखित महाप्रसाद अधिकारी नरहेको बताउनु भएको छ । अर्थ तथा योजना विभागको सदस्यमा रहेका खोटाङका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद भनी सत्तापक्षबाट प्रचार भएपछि भुसालले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा बताउनु भएको हो ।
हेर्नुस भुसालको स्टाटस
म प्रमुख रहेको नेकपा (एमाले), अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नता बारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ ।
प्रथमत:, स्वयम् गभर्नर महाप्रसाद अधिकारीले ‘कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफु नभएको’ स्पष्ट पारिसक्नुभएको छ।
दोस्रो, हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहान्छु ।