ज्यान मार्ने उद्योग गर्न नहुने कसूरमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं, ज्यान मार्ने उद्योग गर्न नहुने कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णश्वर नगरपालिका-६ बस्ने धनकुटा पाख्रिबास घर भएका सुन मुन्द्रे भनिने ४८ वर्षीय सुवास घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीमा फोहोरको अनुगमन गर्न आएका बागमती सभ्यता एकीकृत बिकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठलाई फोहोरको बिषयलाई लिएर विवाद गरी ठेकेदार घिसिङले एक्कासी टाउकोमा मुक्का प्रहार गरी घाइते बनाएको सूचना प्राप्त हुनासाथ प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर ज्यान मार्ने उद्योग गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।