चोरीमा संलग्न पक्राउ तथा पेस्तोलको गोली बरामद


झापा, भद्रपुर नगरपालिका-५ स्थित प्रियंका मोबाइल पसलमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका-५ देवीबस्ती बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलबाट शुक्रबार राति चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा ती किशोरलाई पसलबाट चोरी भएको १ थान मोबाइल सहित प्रहरीले फेला पारी थप अनुसन्धानको क्रममा सोही मोबाइल पसल पछाडि झाडीमा लुकाई राखेको तोडिएको ताला १ थान, फलामको रड १ थान, चोरी भएको मोबाइलहरूको खोल, १० लिटर पेट्रोल, अमुल जुस १९ थान, सोही नगरपालिका-५ देवीबस्तीस्थित काली मन्दिरनेर झाडीमा उक्त पसलबाट चोरी भएको मोबाइलहरूको चार्जर २७ थान र उनको घरको पछाडी इँटामुनी लुकाई राखेको सिक्सर/रिभल्वर पेस्तोलमा प्रयोग हुने ८० राउण्ड गोली फेला पारी बरामद गरेको छ ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
विवादित नागरिकता विधेयक राष्ट्रपतिद्धारा संसदमै गरेपछी पुर्व महान्यायधिवक्ता बडालको यस्तो आयो स्टाटस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएपछी पुर्व महान्यायधिवक्ता रमेश बडालले

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । आइतबार साँझ

२०७९ साउन ३० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– बाेलीवचनले काम बन्नेछ । धनलाभको योग

सम्पती सबै देशका नाममा दिएको छु अन्य आम्दानीको स्रोत छैन : अध्यक्ष ओली

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पती देशका नाममा दिएको बताउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई