जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
भोजपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामप्रसादराई गाउँपालिका-१ ओख्रे बस्ने ४८ वर्षीय अम्बिराज कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती किशोरीलाई २०७८ फागुन २३ गते आफ्नै घरभित्र लागेर जबरजस्ती करणी गरी गर्भवती बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जाजरकोट, ७८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवालय गाउँपालिका-३ चोरकम्द बस्ने ६२ वर्षीय पुरुषलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । गत शनिबार वृद्धालाई ती पुरुषले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिमाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत जाजरकोटबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।