एमाले उपाध्यक्ष विष्णु पौडेलको यस्तो आयो स्टाटस
काठमाडौं । हिपहप गायक यमबुद्धको सालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय विवादित बनिरहेका बेला एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्णयको बचाउ गर्नुभएको छ ।
पौडेलले आज एक सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै यसको बच्चाउ गर्नु भएको हो । पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गर्ने प्रणाली भएको बताउनु भयो ।
काठमाडौं महानगरपालिकाको बजेटमा यमबुद्धको सालिक निर्माणका लागि २५ लाख छुट्याएपछि तीव्र विवाद भएको थियो । आलोचनापछि साहले आफ्नै तलबबाट सालिक बनाउने बताउनु भएको थियो ।
को हुन यम बुद्ध
यमबुद्धको नाम अनिल अधिकारी थियो । उहा चर्चित र्यापर हुनुहुन्थ्थो । वि सं २०४३ सालमा माेरङमा जन्मेर लण्डनमा बसाेबास गर्ने यमबुद्ध वि सं २०७३ सालमा लण्डनमै आत्महत्या गर्नुभएको थियो । यम बुद्धका ‘मेरो जुत्तामा’, ‘साथी’, ‘आउँदैछु म’, ‘फुटपाथ मेरो घर’, ‘यो प्रसंग’, ‘दिदी’, ‘अन्त्यको सुरुवात’, ‘नाच न’, ‘आमा’ लगायतका गीत चर्चित छन् ।
यमबुद्धलाई ‘र्याप ब्याटल’ का कारण पनि चर्चित हुनुहुथ्थो । आफूले मात्र र्याप गाएर केही परिवर्तन नहुने भन्दै ‘नयाँ–नयाँ र्यापर आउनुपर्छ, सहरमात्र होइन, गाँउ–गाँउसम्म र्याप पुग्नुपर्छ भन्नुहुन्थ्थो ।
यमबुद्धकै परिकल्पना र पहलकदमीबाट जन्मिएको थियो- र्याप ब्याटल । पछि आएका र्यापरहरुमा कहीं न कहीं यमबुद्धको प्रभाव देखिन्छ।