यस्ता हर्कतले हामीलाई बनाउने कङ्गाल नै हो


नेपाल पनि श्रीलङ्का जस्तै त हुदैन भनेर चासो ब्यक्त गर्नेहरू बढेको देखिदै छ। यो अनुमान अतिरञ्जनापूर्ण लाग्ला अहिले तर, हेर्नुस् त विकासको मोडेल!
गत पाँच वर्षमा गत ७० वर्षको तुलनामा तीर्न बाँकी ऋण दुगुना भएको छ। ऋणबाट एकदमै कमसल र अनावश्यक निर्माण भैरहेको छ। बुटवलमा ७/८ वर्ष पहिले ऋणमा पीच गरेको सडकको अहिलेको दुर्दशा कहालीलाग्दो छ। कमशल निर्माण भन्दा निर्माण नभएकै राम्रो हो। गुणस्तर हेर्ने र कारवाही गर्नेहरू कति लाचार छन् भने निर्माण अलपत्र पारेर सास्ती बेहोर्नु पर्दा पनि कलम चलाउन डराउँछन्। कलम चलाई हाले अदालतबाट उम्काउने बाटो दिन्छन्। सबै सेटिङ्मा भए जस्तो।
दिनमा एकाधमात्र मोटर गुड्ने बाटो ८/१० मिटर फराकिला अग्ला पहाड काटेर ठूलापर्खाल लगाएर बनाउदै छ। बाटोमा यति धेरै अनावश्यक माटो काटे पर्खाल लगाएर पैसा खर्चिदै छ कि जुन हाम्रो अर्थतन्त्रले धान्दैन।
नचाहिने ठाउँमा अत्यन्त खर्च गरेर पुल बनाइएको छ। यसको उदाहरण वाग्मतीको शङ्खमुल दोभानमा पुल हेरे पुग्छ। अर्को पुलसंगै जति नजिक त्यो पुल बनिरहेको छ त्यो कुनै सपन्न मुलुकमा पनि देखिदैन। नेतालाई पैसा चाहिएमा, कार्यकर्ता पाल्न परेमा सजिलो यस्तै कामबाट हुने रहेछ।
केही वर्ष पहिले सम्म पनि अधिकांश पहाडी विद्यालयको भौतिक पुर्वाधार कमजोर थियो। त्यसैले भवन निर्माणम हुनु स्वाभाविक थियो। तर अहिले ५/७ वर्षमै अधिकांश स्थानको अवस्था फरक छ। स्कुलमा बिद्यार्थी घट्दै र भड्किला भवन थपिदै छन्। सामुदायिक विद्यालयमा पढाईको स्तर खस्कँदै तर कतिपय विद्यालयका भवन, कार्यालयका फर्निचर, अझ डिस्प्ले बोर्ड हेर्दा लाग्छ कुनै छिटो पैसा कमाएको सौखिन मान्छेको भड्किलो ब्यवसायीको कार्यालय हो।
भएका स्वास्थ्य केन्द्रमा न जनशक्ति छ न अत्यावश्यक औषधी त न औजार! तर आगामी ५० वर्षमा पनि चल्ने सम्भावना नभएका चल्दैनचल्ने ठाउमा १५ बेडका अस्पतालकालागि करोडौंका महंगा भवन बन्दै छन् । गाउंमा थुप्रै घर खाली छन् अस्पताल खोल्ने भए मर्मत गरेर ती खाली घरमा चलाएपछि हुन्छ। चाहिएको डाक्टर, औषधी र उपकरण हो तर पैसाको खोलो भवनमा हालिएको छ।
यसरी हामी ऋणको पासोमा पर्दै छौं। यस्ता हर्कतले हामीलाई बनाउने कङ्गाल नै हो। जस्ले यस्ता अनावश्यक निर्माणबाट अतिरिक्त लाभ लिन्छन् ति त कमाई अन्यत्र थुपारेका छन् देश छोडेर त्यतै जालान्। तर यही देश मेरो हो भनेर बस्नेको वियोग हुन वेर छैन. पूर्व राजदुत लीलामणी पौडेलको स्टाटस
प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई