विभिन्न हातहतियार सहित पक्राउ तथा भरुवा बन्दुक बरामद


बारा, कोल्हवी नगरपालिका-३ सखुहवा जडिबुटीबाट १ थान थ्रिनटथ्री जस्तो देखिने घरेलु हतियार, १ थान भरुवा बन्दुक जस्तो देखिने घरेलु हतियार र ४ राउण्ड गोली सहित २ जना शुक्रबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका-३ बस्ने ५० बर्षीय सुवन्स चौधरी र सोही नगरपालिका-५ बस्ने ४२ बर्षीय दिपेन्द्र चौधरी रहेका छन् । सब डिभिजन बन कार्यालय कोल्हवी र तामागढी बन ब्यवस्थापनबाट खटिएको संयुक्त गस्ती टोलीले उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कोल्हवीमा बुझाएको हो ।

रुकुम (पूर्व), सिस्ने गाउँपालिका-५ रुमालबारा घट्टेखोलास्थित जंगलबाट १ थान लोड भएको भरुवा बन्दुक शुक्रबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा भरुवा बन्दुक बेवारिसे अवस्थामा रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न पर्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका

समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् :एमाले सचिव भट्टराई

काभ्रे । नेकपा (एमाले)  काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ । नेकपा (एमाले) काभ्रे जिल्ला

२०७९ साउन २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वृष– नयाँ जिम्मेवारी हात पर्ने

शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला सिङ्गो पार्टीपङ्तीका सम्पूर्ण क्रियाकलाप महासङ्ग्रामका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई