चाँदीका पायल सहित दुई जना पक्राउ


धनुषा, धनौजी गाउँपालिका-५ बहुअर्वा चोकबाट ३ सय ६२ ग्राम ३७ मिलीग्राम तौल भएको चाँदीको जस्तो देखिने १० थान पायल सहित २ जनालाई प्रहरीले शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जनकपुर उपमहानगरपालिका-२० रुपैठा बस्ने २४ वर्षीय पंकज र भारत घर भएका २३ वर्षीय कमलेश कुमार साह रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको ज.७ प २७५६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी डेबडिया सिर्सियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पायलसहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई बरामद पायल सहित आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालय पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस  
विवादित नागरिकता विधेयक राष्ट्रपतिद्धारा संसदमै गरेपछी पुर्व महान्यायधिवक्ता बडालको यस्तो आयो स्टाटस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएपछी पुर्व महान्यायधिवक्ता रमेश बडालले

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । आइतबार साँझ

२०७९ साउन ३० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– बाेलीवचनले काम बन्नेछ । धनलाभको योग

सम्पती सबै देशका नाममा दिएको छु अन्य आम्दानीको स्रोत छैन : अध्यक्ष ओली

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पती देशका नाममा दिएको बताउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई