आगामी निर्वाचनको तयारीका लागि एमालेको तयारी शुरु


आगामी निर्वाचनको तयारीका लागि एमालेको आजबाट प्रादेशिक प्रशिक्षण सुरु

काठमाडौं -नेकपा एमालेले आजबाट प्रादेशिक प्रशिक्षण सुरु गरेको छ ।
आज प्रदेश नं १ र मधेस प्रदेशमा प्रशिक्षण सुरु भएका छन् । प्रदेश नं १ को प्रशिक्षणका लागि बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र मधेसका लागि उपाध्यक्ष सुरेन्द्र पाण्डे विराटनगर र जनकपुर पुग्नु भएको छ ।

प्रशिक्षणमा स्थानीय तहको निर्वाचनबाट सिर्जित मनोविज्ञानबाट कार्यकर्तालाई बाहिर ल्याइ आगामी चुनौतीलाई सहज रुपमा सामना गर्न सक्ने बनाउने विषयमा जानकारी गराइने छ । यसैगरी स्थान्ीय निर्वाचनको परिणाम विष्लेषण,यसको सन्देश र आगामी निर्वाचनको तयारीका बारेमा पनि प्रशिक्षण दिइने नेताहरुले जनाएका छन् ।

एमाले प्रदेश १ का सचिव चिन्तन पाठकका अनुसार वर्तमान राजन्ीतिक शक्ति सन्तुलन,पार्टीको सार्मथ्य विस्तार र नेकपा एमालेको भूमिका वृद्धिका विषयमा पनि पार्टी नेताहरुले कार्यकर्तालाई प्रशिक्षित गर्नुहुनेछ ।
पार्टी र जनप्रतिनिधीको सम्बन्ध,समन्वय र स्थानीय तहबाटै समाजवादको आधार निर्माण गर्ने विषयमा पनि प्रशिक्षण दिइने पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
विवादित नागरिकता विधेयक राष्ट्रपतिद्धारा संसदमै गरेपछी पुर्व महान्यायधिवक्ता बडालको यस्तो आयो स्टाटस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएपछी पुर्व महान्यायधिवक्ता रमेश बडालले

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । आइतबार साँझ

२०७९ साउन ३० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– बाेलीवचनले काम बन्नेछ । धनलाभको योग

सम्पती सबै देशका नाममा दिएको छु अन्य आम्दानीको स्रोत छैन : अध्यक्ष ओली

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पती देशका नाममा दिएको बताउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई