एमाले नेता भीम रावल आयो कडा ट्विट
काठमाडौ, साउन २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दिल्ली भ्रमणलाई एमाले नेता भीम रावलले ‘झुकनीतिको आसे र दासे प्रवृति’ को संज्ञा दिनुभएको छ ।
आज सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै रावलले उक्त कुरा बताउनु भएको हो ।
रावलको ट्विट
प्रचण्डको दिल्ली भ्रमणका बारेमा रावलले लेख्नुभएको छ ‘झुकनीतिको आसे र दाशे प्रवृतिबाट देशको कुटनीति मुक्त हुनुपर्दछ । देशले के उपलब्धी पायो भनी मूल्यांकन नगरी कति मान,सेवा,सुविधा दिइयो भन्ने उडन्ते चरित्र । भारतीय काँग्रेसको पछि लाग्दा कम्यूनिष्ट पार्टीको अवसानबाट नेपाली नेताले सिक्ने कि ?’ उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुन्छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दिल्ली भ्रमणमा भारतीय प्रमंसग अन्तिममा भेट हुनसकेन भनी स्वयं ‘प्रचण्ड’जीले भनेको सुनियो । कति निरिह, स्वाभिमानहीन र कच्चा कूटनीति!यस्तो प्रवृत्तिबाट नेपालको राजनीति र कूटनीतिलाई जोगाऔं!