टिकट पाए जित्छु नपाए जिताउछु भन्ने नै एमाले हराउन लागे : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानिय तहको चुनावमा टिकट पाए जित्छु नपाए जिताउछु भन्ने नै एमाले हराउन लागेको बताउनु भएको छ ।May be an image of ‎8 people, people standing and ‎text that says "‎दक्षिणपन्यी अवसरबाद र संगठनात्मक बराजकतालाई पराजित गरी, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश स्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रम साउन २०७९, काठमाडौ Q आयोजक: नेकपा (एमाले) बागमती संगठन कमिटी BAV ನಮ T ו×מו×‎"‎‎

एमालेको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले उक्त कुरा बताउनु भएको हो । ओलीले टीकट पाए जित्छु नपाए जिताउछु भन्नेले नै एमालेलाई हराउन लागे ।May be an image of 1 person and standing
उहाले गठबन्धन भत्काउनका लागि प्रयास गर्न नहुने बताउदै सत्ता गठबन्धभित्रका दलका नेताका स्वार्थले आफैं फुट्ने पनि दाबी गर्नुभयो । एमाले वाग्मती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बुधबार ओलीले आगामी निर्वाचनमा अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरूलाई साथ लिन आवश्यक नभएको पनि बताउनुभयो । यिनीहरूको उद्देश्यमा, गन्तव्यमा, एकता होइन स्वार्थको एकता हो ।May be an image of one or more people, people sitting and people standing

स्वार्थको एकता स्वार्थको टकरावमा बदलिन्छ । त्यसैले धेरै हतार गरेर यिनीहरूको एकता तोड्नका लागि चाँदीको तरबार बनाउनु आवश्यक छैन । स्वार्थको टकरावबाट आफै फुट्छ, आफ्नै हिसाबले, उहाँले भन्नुभयो । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी एउटै प्रवृत्तिका दलहरू भएकाले उनीहरूमध्ये एउटालाई एमालेले आफ्नो साथमा लिएर अरुविरुद्ध लड्न आवश्यक नभएको ओलीको भनाइ थियो ।May be an image of 1 person, sitting and standing त्यसो गर्दा राष्ट्रिय हित नहुने र पार्टीलाई पनि फाइदा निमल्ने उहाँको तर्क थियो । तत्कालीन नेकपामा आफूले दिएको शक्ति लिएर आफैलाई सडकमा पुर्‍याएको र कारबाही गरिएको स्मरण गर्दै ओलीले कांग्रेसको नेतृत्वमा सरकारमा रहेकाहरू वामपन्थी दल हुनै नसक्ने बताउनुभयो ।May be an image of one or more people, people sitting and people standing

माओवादी र एकीकृत समाजवादी वामपन्थी दल भए एमाले वामपन्थी नहुने उहाँको भनाइ थियो । हामीले दिएको तागत लिएर, एकता गर्दा मैले दिएको तागत लिएर हामीलाई सडकमा पुर्‍याएको होइन ? भविष्यमा समेत अयोग्य हुने गरी कारबाही गर्नेहरू होइनन् ? हामीले दिएको संख्या दुरुपयोग गरेर, उहाँले भन्नुभयो । एमालेसँग गठबन्धन गर्ने हो भने अहिलेको सत्ता गठबन्धन छोड्नुपर्ने ओलीको सर्त थियो । कोही वामपन्थी भए गठबन्धन गर्न एमाले तयार छ । त्यसका लागि गठबन्धन छोडेर आउनुपर्छ, उहाँले भन्नुभयो । । तर, उनीहरू एमालेसँग गठबन्धन गर्न आउनेमा आफू विश्वस्त नभएको उहाँको भनाइ थियो । May be an image of 3 people, people sitting, people standing and indoorआफ्नै कार्यकर्ता अर्को दललाई भोट हालिरहेको अवस्थामा पार्टी फुटाएर, सरकार ढलाएर जानेहरू आउनेमा आफूलाई विश्वास नभएको भन्दै उहाँले आग्रह गरे, देश बनाउने कुरामा यी आउलान्, लाग्लान् भन्ने विश्वास छैन । यहाँ आफ्नै साथीहरू त अर्कालाई भोट दिन कुदिराख्या बेलामा त्यस्ताको के विश्वास गर्नु । त्यसैले पार्टी बनाउन, पार्टीको शुद्धीकरण थालौं । आफूलाई कम्युनिस्ट बनाउँ ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई