चर्को महङ्गीविरूद्ध एमालेले जनप्रदर्शन गर्ने


 

काठमाडौं । चर्को महङ्गीविरूद्ध उपत्यकामा जनप्रदर्शन गर्ने निर्णय गरेको नेकपा (एमाले) ले सबै जनसंगठनहरूलाई तयारीमा जुट्न निर्देशन दिएको छ ।
पार्टी कार्यालय च्यासलमा जनसंगठनका प्रमुख र प्रचार प्रमुखहरूको आज बसेको बैठकमा यही साउन १६ गते गरिने जनप्रदर्शनको तयारीमा जुट्न र प्रचारको कामलाई प्रभावकारी बनाउन निर्देशन दिइएको हो ।
बैठकमा महासचिव शंकर पोखरेल र उपमहासचिव बिष्णु रिमाल उपस्थित हुनुहुन्थ्यो । महासचिव पोखरेलले महङ्गीविरूद्धको जनप्रदर्शनलाई प्रभावकारी बनाउनुपर्ने र त्यसका लागि जनसंगठनहरूको भूमिका महत्वपूर्ण हुने वताउनुभयो । जनप्रदर्शनमा सबै जनसंगठनहरू आ–आफ्ना व्यानर र झण्डासहित बसन्तपुरमा उपस्थित हुन निर्देशन गरियो ।
महासचिव पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले महङ्गीविरूद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । पार्टीका स्थायी कमिटीका सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई