पुष्पलालको ४४औं स्मृति दिवस मनाइँदै


काठमाडौं । आज साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव  पुष्पलालको स्मृति दिवस ।   पुष्पलालका योगदानलाई स्मरण र चीर स्थायी बनाउन विभिन्न कार्यक्रम गरी ४४औं स्मृति दिवस मनाइँदै छ ।
नेकपा (एमाले) ले केन्द्रीय तहमा कामनपा वडा नं १८ ताम्सीपाखाको पुष्पलाल चोकमा कार्यक्रम आयोजना गरेको छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलालको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम विहान ८ बजे हुने कार्यालय सचिव डा.भीष्म अधिकारीले वताउनुभयो ।
पुष्पलालको जन्म १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा भएको थियो भने २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा निधन भएको थियो ।
पुष्पलालले सन् १९४९ अप्रिल २२ का दिन भारतको कलकत्तास्थित श्यामबजारमा आफ्ना सहकर्मीहरू निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी र मोतीदेवी श्रेष्ठलाई साथमा लिएर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीकै निरन्तरताका रूपमा आज नेकपा (एमाले) सशक्त र लोकप्रिय पार्टीका रूपमा देशभर स्थापित भएको छ । यसले एउटा राष्ट्रिय शक्तिको रूप ग्रहण गर्दै छ ।
पुष्पलालले ५४ बर्षको आफ्नो जीवनकालमा गर्नुभएको कठोर सङ्घर्ष, निष्ठापूर्ण राजनीति र इमानदार प्रयास आजको मजबुत कम्युनिस्ट आन्दोलनको आधारशीलाका रूपमा रहेको छ ।
पुष्पलालले दूरदर्शिता, त्याग र इमानका प्रतीकका रूपमा नेपालको राजनीतिमा अद्वितीय स्थान बनाउन सफल हुनुहुन्छ । नेपालमा कम्युनिस्ट विचारधारा भित्र्याउने, त्यसलाई संगठनका माध्यमबाट जनतामा लैजाने र परिवर्तन सम्भव छ भन्दै साहसका साथ  काम सुरू गर्ने नेता भएकै कारण पुष्पलाल आजपर्यन्त हामी सबैका लागि आदर्श र प्रेरणाका स्रोतका रूपमा रहिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई