मजदुरहरूबीच फाटो ल्याएर मजदुर आन्दोलन र एकता कमजोर पार्ने काम निरन्तर हुँदैआएको छ :अध्यक्ष ओली


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव प्रतिवद्ध रहेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले मजदुर वर्गको हितका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको  बताउनुभयो ।May be an image of 1 person, standing and text that says "नेपाल ट्रेड यनियन महासंघ"
पार्टीको जनसंगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आजबाट ललितपुरको गोदावरीमा शुरू भएको आठौं राष्ट्रिय महाधिवेशनको  उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरूले जहिले पनि मजदुर वर्ग र उनीहरूको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको बताउनुभयो ।May be an image of indoor
मजदुर वर्गको हितमा काम गरिरहेको एमालेलाई कमजोर बनाउन देशी–विदेशी प्रतिक्रियावादीले गठबन्धन वनाएको उहाँको भनाई थियो ।
अध्यक्ष ओलीले विगतमा मजदुरहरूकै बल र शक्तिमा क्रान्ति सफल भएको बताउनुभयो ।
मजदुरहरूबीच फाटो ल्याएर मजदुर आन्दोलन र एकता कमजोर पार्ने काम निरन्तर हुँदैआएको चर्चा गर्दै उहाँले मजदुर फुटाउने काम शासकले गरे पनि पुनः मजदुर एकताबद्ध भएर ठूला–ठूला क्रान्ति सफल भएको उदाहरण प्रशस्त रहेका छन् भन्नुभयो ।
विगतमा अक्टोवर क्रान्ति, श्रमिक वर्गको आन्दोलन सफल हुनुको कारण मजदुरबीचको एकता भएको अध्यक्ष ओलीले भनाई थियो ।
उहाँले मजदूर वर्गको सामाजिक सुरक्षा र न्यायका लागि एमालेले  काम गर्दैआएको चर्चा गर्नुभयो ।May be an image of 3 people, people standing and text that says "नेपाल ट्रेड यनियन महासंघ जिफण्ट) आठों गाष्ट्रिय महाधिवेशन 3-% साउन, काठमाडी G General 8th National Congress 2022 022 Kathmandu DO900"
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल पार्न मजदूरको साङ्गठनिक एकता र योजनाबद्ध अग्रगामी प्रयासबाट सम्भव हुने अध्यक्ष ओलीले बताउनुभयो ।
यो अभियान सम्भ्रान्त वर्गको नभई मजदुर र श्रमिकहरूको अभियान भएको  बताउँदै अध्यक्ष ओलीले निरपेक्ष गरीबीको रेखामुनी रहेका वर्गलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान चाहिएको विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न पर्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका

समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् :एमाले सचिव भट्टराई

काभ्रे । नेकपा (एमाले)  काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ । नेकपा (एमाले) काभ्रे जिल्ला

२०७९ साउन २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वृष– नयाँ जिम्मेवारी हात पर्ने

शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला सिङ्गो पार्टीपङ्तीका सम्पूर्ण क्रियाकलाप महासङ्ग्रामका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई