एमाले अध्यक्ष ओली झापा जादै यस्तो छ कार्यक्रम (सूचीसहित)


 

काठमाडौं, साउन १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिन गृहजिल्ला झापा रहनुहुने भएको छ । स्थानीय तहको निर्वाचनपछि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओली गृहजिल्ला र आफ्नो निर्वाचन क्षेत्रमा चार दिन भेटघाट तथा बिभिन्न कार्यक्रममा सहभागी हुनुहने भएको हो ।

अध्यक्ष ओली बुधवार झापा जानुहुनेछ भने १४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ । एमाले झापाका अनुसार दुईदिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का नेता कार्यकर्ता तथा बिभिन्न क्षेत्रका अगुवाहरुसँग भेटघाट गर्नुहुनेछ ।

अध्यक्ष ओली बुधवार ११ गते विहान भद्रपुर विमान स्थलमा अवतरण गरेर विर्तामोडमा आयोजना हुने नेपाल उत्पिडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको छ । बुधवार अध्यक्ष ओली विर्तामोडमै बस्नुहुनेछ ।

१२ गते विहान उहाँ आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा जानुहुनेछ । त्यहाँ दमकलाई मुकाम बनाएर क्षेत्रभरीका कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको छ । एमाले नेता होम थापाका अनुसार विहान ९ बजे एमाले दमक नगर कमिटी कार्यलयमा दमक नगर कमिटीका पदाधिकारी र माथिल्लो कमिटीका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।

सोही दिन १०.३० बजे गौरादह नगर कमिटीका पदाधिकारीसहित माथिल्लो कमिटीका कार्यकर्तासँग भेटघाटको कार्यक्रम छ भने १ बजे गौरीगञ्ज गाउँपालिकाका पदाधिकारी र त्यस भन्दा माथीका कार्यकर्तासँग भेटघाट तय गरिएको छ । यी सवै भेटघाट होटल दमकस्थित कामाक्षमा आयोजना गरिएको छ ।

यस्तै दिउसो २ बजे क्षेत्र नं ५ स्तरीय क्षेत्रीय कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुुहुनेछ । उक्त भेलामा वडा अध्यक्षदेखि माथिल्लो तहका जनप्रतिनिधी, जनसंगठनका पालिका पालिका कमिटी भन्दा माथीका कार्यकर्ताहरु सहभागी हुनेछन् । सो कार्यक्रम कस्मिट पार्टी प्यालेस दमकमा तय गरिएको छ ।

बिहीवार नै अपरान्ह साढे ४ बजे कमल गाउँपालिका अगुवा कार्यकर्तासँग भेटघाट हुनेछ । ५ बजे अनेरास्ववियुका नेता कार्यकर्तासँग र ६ बजे युवा संघका नेता कार्यकर्तासँग भेटघाटको कार्यक्रम राखिएको छ ।

यस्तै १३ गते ९ बजे पार्टी निकट व्यावशायीसँग भेटघाट, १० बजे अनेमसंघका नेता कार्यकर्तासँग भेटघाट तय गरिएको छ भने ११ बजे लोकतान्त्रिक धिमाल संघका अगुवा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ । यस्तै अन्य बिभिन्न भेटघाट तथा कार्यक्रममा सहभागी भई अध्यक्ष ओली साउन १४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको बजगाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
विवादित नागरिकता विधेयक राष्ट्रपतिद्धारा संसदमै गरेपछी पुर्व महान्यायधिवक्ता बडालको यस्तो आयो स्टाटस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएपछी पुर्व महान्यायधिवक्ता रमेश बडालले

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । आइतबार साँझ

२०७९ साउन ३० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– बाेलीवचनले काम बन्नेछ । धनलाभको योग

सम्पती सबै देशका नाममा दिएको छु अन्य आम्दानीको स्रोत छैन : अध्यक्ष ओली

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पती देशका नाममा दिएको बताउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई