संसदीय राजनीतिमा ह्वीप उल्लङ्घन सबैभन्दा ठूलो अपराध


चितवन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका नेता कार्यकर्ताको वानी र आचरण कम्युनिष्ट मर्मविपरीत हुँदै गएको वताउनुभएको छ ।
पार्टीको चितवन जिल्ला कमिटीद्वारा आज आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गत स्थानीय तहको निर्वाचनमा  पार्टीभित्रैको अन्तरघातका कारण धेरै पालिकामा पराजित हुनुपरेको वताउनुभयो ।
उहाँले टिकट नपाएपछि घरमै बसिदिने, प्रचारप्रसारमा साथ नदिने र टिकट पाएको उम्मेदवारलाई हराउन लाग्ने जस्ता प्रवृत्ति पार्टीका नेता, कार्यकर्तामा मौलाएकामा चिन्ता व्यक्त गर्नुृभयो ।
महासचिव पोखरेलले स्थानीय तह निर्वाचनमा विजयी भएका पालिका अघिल्लो निर्वाचनमा भन्दा कम भए पनि मतको आधारमा एमाले नै ठूलो पार्टी रहेको बताउनुभयो ।
स्थानीय निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर केही बढी सिट जिते पनि एकल हिसावमा एमालेकै धेरै मत आएको उहाँको भनाई थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा विकासले गति लिइरहेको वताउँदै महासचिव पोखरेलले नेकपालाई फुटाएर हिड्ने माधव नेपाल र पुष्पकमल दाहाल देश विकासका बाधक हुन् भन्नुभयो ।
माधव नेपाल र प्रचण्डले एमसीसी टेबल गर्न लगाएर पारित गरेको वताउँदै महासचिवले प्रश्न गर्नुुभयो– नेकपा जीवित हुँदा राष्ट्रघात भएको एमसीसी शेरबहादुर देउवाका पालामा सही कसरी हुन पुग्यो ?
नेकपाको विभाजन माधव नेपालले पद नपाएको कुण्ठाका कारण हुन पुगेको उहाँले बताउनुभयो ।
विधि, पद्धति र अनुशासनको मामिलामा नेपालको छवि विग्रिएको बताउँदै भन्नुभयो– ‘संसदीय राजनीतिमा ह्वीप उल्लङ्घन गर्ने कुरा सबैभन्दा ठूलो अपराध हो ।’
नेपालमा एमालेबाहेक अन्य दलहरू वास्तविक लोकतन्त्रवादी नभएको उहाँको भनाई थियो ।
कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् बाग्मती प्रदेश इन्चार्ज काशिनाथ अधिकारी र पोलिटव्युरो सदस्य एवम् चितवन इन्चार्ज देवी ज्ञवालीले पनि कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई