तत्काल संसद भंग गरी निर्वाचनमा नजाने हो भने देश दुर्गतिको वाटोमा जाने  एमाले उपाध्यक्ष पौडेलको ठोकुवा


सिन्धुली, १३ साउन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले तत्काल संसद भंग गरी निर्वाचनमा नजाने हो भने देश दुर्गातिको वाटोमा जाने ठोकुवा गर्नु भएको छ ।

प्रेस चौतारी सिन्धुलीद्धारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उपाध्यक्ष उक्त कुरा बताउनु भएको हो । पौडेलले अहिलेको संसदले देशलाई निकास दिन नसक्ने ठोकुवागर्दै तत्काल निर्वाचनमा जानुपर्ने बताउदै गठबन्धन सरकारले संसदबाट पारित गरेको नागरिकता विधेयक विदेशीको इशारामा ल्याएको र यो सरकार विदेशीको कठपुतली भएको प्रमाणित भएको बताउनु भयो ।

तत्कालिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो संसदबाट देशले निकास नपाउने भन्दै संसद विघटन गरी घोषणा गरेको निर्वाचनको औचित्य अहिले आएर गठबन्धन सरकारलेनै पुष्टि गरेको बताउनुभयो । पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले सरकारले ल्याएको बजेटको नाटक र नागरिकता विधेयकले सरकार विदेशीको इशारामा चलेको थप पुष्टि गरेको दाबी गर्नुभयो ।

उहाँले बजेट बक्तव्यमा देखिएको तमासाले आम नागरिकमा सरकारको गोपनियतार विश्वास दुबै गुमेको बताउँदै तोकिएको समयमा संघ तथा प्रदेशको निर्वाचन नगराउने षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो । एमाले निर्वाचन सार्ने गठबन्धनको षडयन्त्रको मुकाबिला गर्न तयार रहेको पनि बताउनुभयो ।

आगामी निर्वाचन स्वच्छ, निश्पक्ष र धाँधलीरहित भएमा नेकपा एमालेले बहुमत ल्याउने र नभएपनि देशको सबैभन्दा ठूलो दल हुनबाट कसैले रोक्न नसक्ने ठोकुवा गर्नुभयो । अर्थतन्त्रको परिसुचकले नेपालको अर्थतन्त्र अन्तन्त कमजोर रहेको र कुनै पनि विदेशी मुद्राको सञ्चिती सकिने बताउनुभयो । नेपालको अर्थतन्त्रले बस्तु र सेवा खरिद गर्न नसक्ने अबस्थामा पुगिसकेको बताउँदै एमालेले मुलुकको शासन सत्ता छोड्दा अर्थतन्त्र मजबुत रहेको उल्लेख गर्नुभयो ।

उहाँले विदेशीको इशारामा चलेको सरकारले देश गंभीर आर्थिक संकटमा पुर्याएको र यसको एउटै विकल्प एमालेको सरकार रहेको दाबी समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न पर्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका

समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् :एमाले सचिव भट्टराई

काभ्रे । नेकपा (एमाले)  काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ । नेकपा (एमाले) काभ्रे जिल्ला

२०७९ साउन २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वृष– नयाँ जिम्मेवारी हात पर्ने

शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला सिङ्गो पार्टीपङ्तीका सम्पूर्ण क्रियाकलाप महासङ्ग्रामका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई