महंगी र भ्रष्टाचारको विरोधमा एमालेको विशाल जनप्रदर्शन


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान परमादेशी गठबन्धन सरकारले देशहित विपरीतको नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको वताउनुभएको छ ।
नेकपा (एमाले) द्वारा चर्को महंगी, भ्रष्टाचार र सरकारका राष्ट्रघाती कामको विरोधमा सोमबार राजधानीमा आयोजना गरेको वृहत् जनप्रदर्शनको समापनमा सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त कुरा बताउनुभएको हो ।
महासचिव पोखरेलले नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशको हित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको वताउनुभयो ।
अंगीकृत नागरिकताका हकमा नेपाल र भारतमा समान कानुनी व्यवस्था हुनुपर्ने एमालेको धारणा रहेको महासचिव पोखरेलले स्पष्ट गर्नुभयो ।

नेकपा (एमाले) को सरकारका पालामा मुलुकको आर्थिक अवस्था सुदृढ रहेको, विकास र समृद्धिको यात्रा अगाडि बढेको चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो–परमादेशी गठबन्धन सरकार गठन भएयता मुलुकको अर्थतन्त्र ओरालो यात्रामा रहेको छ ।  सबै आर्थिक सूचक नकारात्मक रहेका छन् । मुद्रास्फिति ८.५ प्रतिशतमा पुगेको छ । व्यापार घाटा बढ्दो छ । यही सरकार कायम रहे मुलुक एकदिन श्रीलंकाको अवस्थामा पुग्ने छ ।
महासचिव पोखरेलले देशको रक्षा गर्ने जिम्मेवारी एमालेको काँधमा रहेको र त्यसका लागि पार्टी सक्षम रहेको वताउनुभयो ।
बर्तमान परमादेशी गठबन्धनले बहुमतका आधारमा संसदबाट देशहित विपरीतका काम गर्न थालेकाले संसद तत्काल विघटन गरी नयाँ निर्वाचनमा जानुपर्ने भनाई महासचिव पोखरेलले राख्नुभयो ।

महंगी, भ्रष्टाचार र सरकारको राष्ट्रघाती कामको विरोधमा नेकपा (एमाले) ले राजधानीमा आयोजना गरेको वृहत् जनप्रदर्शनमा ठूलो झरीको प्रतिकूल मौसमका बीच हजारौं मानिसको सहभागिता रहेको थियो ।
जनप्रदर्शन वसन्तपुरबाट शुरू भई भित्री शहरका प्याफल, नरदेवी, टेंगल, बाङ्गेमुढा, असन, भोटाहिटी हुँदै  शान्तिवाटिकामा पुगेर संक्षिप्त सभामा परिणत भएको थियो ।
सभामा महंगी र भ्रष्टाचारको विरोधमा वृहत् जनप्रदर्शन अभियानका संयोजक तथा पार्टी स्थायी कमिटीका सदस्य कृष्णगोपाल श्रेष्ठले प्रतिकूल मौसमको परवाह नगरी जनप्रदर्शनमा सहभागी हुनुभएका जनसमुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनवटै जिल्ला कमिटी, बाग्मती प्रदेश संगठन कमिटी, उपत्यका विशेष प्रदेश कमिटी र पार्टीका २२ जनसंगठन, सम्पर्क समन्वय कमिटी, पार्टीका केन्द्रीय निकाय तथा विभागका सदस्यहरूको सहभागिता रहेको थियो ।
जनप्रदर्शनमा महंगी नियन्त्रण गर्, खाद्यवस्तुमा भएको चर्को मूल्यवृद्धि नियन्त्रण गर्, भ्रष्टाचार नियन्त्रण गर्, नागरिकतामा विधेयक खारेज गर्, रासायनिक मलको व्यवस्था गर्, उपभोक्तालाई राहत देउ लगायतका नारा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई