अवैध लागुऔषध सहित पक्राउ


मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१२ सोल्टी चोक बस्ने २५ वर्षीय अमित तामाङलाई नियन्त्रित लागुऔषध वनरेक्स ४८ बोतल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागुऔषध रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पदमपोखरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-८ सितलाबजार खल्ला खेतबाट करिब ५ सय ५० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित मधुवन नगरपालिका-५ बस्ने २६ वर्षीय किरण वंशी मगर लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, जहदा गाउँपालिका-२ हरीनगराबाट करिब ३६ किलोग्राम अवैध लागुऔषध गाँजा सहित सोही ठाउँ बस्ने २५ वर्षीय मुकेश गुरूङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई नेपालबाट भारततर्फ उक्त लागुऔषध लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

सप्तरी, महदेवा गाउँपालिका-२ कजौलीबाट करिब १५ किलोग्राम अवैध लागुऔषध गाँजा सोमबार राति प्रहरीले बरामद गरेको छ । प्र.१-०२-०४३ प १६२५ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले रोक्न खोज्दा मोटरसाइकल र बोरा छाडी व्यक्ति फरार भएपछि बोरा तालसी गर्दा उक्त लागुऔषध फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई