आगामी चुनावमा करिव १० लाख मतदाता थपिने
काठमाडौं – निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झन्डै १० लाख मतदाता थपिने बताएको छ ।
आज गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अघिल्लो निर्वाचनमा १ करोड ७७ लाख मतदाता रहेकोमा यो संख्या १ करोड ८६ लाखसम्म हुने प्रारम्भिक अनुमान रहेको बताउनु भयो ।
उहाँले झन्डै १० लाख मतदाता थपिन सक्ने बताउँदै सो संख्या आयोगले छिट्टै सार्वजनिक गर्ने बताउनु भयो ।