एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न पर्दैन : एमाले अध्यक्ष ओली


काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका अगुवा कार्यकर्ताहरू एमालेमै फर्कनुभएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरूले आज उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभयो ।
सो अवसरमा अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न नपर्ने वताउँदै आफ्नै घर फर्कनेले भविष्य के होला भनेर चिन्ता नगरी ढुक्क भएर काम गर्न आग्रह गर्नुृभयो ।
अध्यक्ष ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउनैपर्ने भएकाले पार्टी निर्वाचन केन्द्रित काममा जुटेको र पार्टी प्रवेश कार्यक्रम मंसीर ४ गतेसम्मै चल्ने वताउनुभयो । उहाँले लोकतन्त्रको सही कार्यान्वयन, सुशासन र देशको समृद्धिको स्पष्ट गन्तव्य तय गरेको  एमालेमा फर्कन, प्रवेश गर्न एकीकृत समाजवादी, माओवादी र काँग्रेसका कार्यकर्तालाई आह्वान गर्नुभयो ।
संसदको निर्वाचन हार्ने छुट पार्टीलाई नभएको वताउँदै अध्यक्षले भन्नुभयो–‘परमादेशी गठबन्धन सरकार अहिले त यति उदण्ड छ, निर्वाचनमा जनमत पायो भने यो देश अर्को पाँचबर्षमा अस्थिपञ्जर हुन्छ, गठबन्धनलाई पराजित गर्नैपर्छ ।’
अध्यक्ष ओलीले नेपालमा कम्युुनिष्ट आन्दोलनले प्राप्त गरेको सफलता देख्न नसकेर, सहन नसकेर डेढबर्ष अघि दुनियाँका प्रतिक्रियावादीले पार्टी ध्वस्त बनाउने भयानक षडयन्त्र गरेको चर्चा गर्नुृभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– ‘आजको दुनियाँमा नेपालमा कम्युनिष्टहरूको करिव दुईतिहाई बहुमत आउने, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सबैतिर कम्युनिष्टको दिग्विजय सहिसक्नु नभएपछि देखाइदिन्छौं भनेर लागे । पार्टी विभाजन भयो ।’
त्यो षडयन्त्रमा  नेताहरू संलग्न भएको कुरा कार्यकर्ताले पनि थाहा पाउनुपर्ने हो तर नेताको कुकर्म नदेख्नेगरी, थाहा नपाउने गरी माओवादी कार्यकर्ताका आँखामा बाक्लो कालोपट्टी बाँधिदिएको उहाँको भनाई थियो ।
नेकपा माओवादी केन्द्रलाई २०७४ सालको निर्वाचनमा एमालेले डोरीले तानेर दुर्घटनाबाट बचाएको र अहिले माओवादीको गाडी प्रचण्डले दाहिने मोड्दा दुर्घटना भई रूखमा गएर अड्किएको चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘यतिबेला रूख नढलोस् र आफ्नो गाडि दुर्घटनामा नपरोस् भन्ने अवस्थामा पुगेको छ माओवादी ।’
माओवादी कार्यकर्तालाई एमालेमा स्वागत गर्ने आशयका साथ अध्यक्ष ओलीले भन्नुभयो– ‘म माओवादीका कार्यकर्तालाई भन्न चाहन्छु, कम्युनिष्ट बर्को ओढेर केही हुँदैन । एकबारको जिन्दगी गलत विचार, गलत उद्देश्य र गलत क्रियाकलापका लागि किन बर्बाद गर्ने ? बर्बाद नगर्नुृस् । ’
‘समाजवादी आन्दोलनका लागि सही विचार, सही गन्तव्य भएको पार्टी चाहिन्छ, त्यो एमाले हो, भ्रममै रहेर सही विचार र गन्तव्यलाई गाली गरिरहनुहुन्छ भने मेरो के लाग्छ ?’
कम्युनिष्ट कार्यकर्ता मात्र होइन, काँग्रेसभित्र लोकतन्त्रका लागि लागेका थुप्रो कार्यकर्ता नेतृत्वको गलत काम, गलत बाटोका कारण भक्कानिएर बसेका छन, उनीहरूसँग पनि कुरा गर्नुपर्छ, उनीहरूले खोजेको चिज हामीसँग पाउने छन् ।’
पार्टी प्रवेश गर्नेहरूका तर्फबाट बोल्दै नेता भोला पोखरेलले यो प्रवेश साङ्केतिक भएको र नेकपा एकीकृत समाजवादीमा धेरै राम्रा साथीहरू पुरानै घर एमालेमा फर्कन ताँती लागेर बसिरहेको वताउनुभयो ।
कर्मचारी राजनीतिमा परिचित नेता पोखरेलले हिजो भ्रममा परेर कम्युनिष्ट आन्दोलन समाप्तिको दिशामा उछिट्टिएर लागेको र आज आन्दोलनको रक्षा गर्ने यात्रामा फर्केको वताउनुभयो ।
उहाँले सबै हिसावले आन्दोलनको नेता केपी शर्मा ओली हुनुहुँदो रहेछ भन्ने निष्कर्षमा आफू पुगेको र कार्यकर्ताको संरक्षण बाहेक ज्वाईलाई राजदूत बनाउने जस्ता स्वार्थ अध्यक्ष ओलीमा आफूले नदेखेको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई