प्रधानमन्त्री देउवा संसदप्रति जवाफदेही नभएको आरोप सांसद अधिकारीको आरोप
काठमाडौं – नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैं संसदप्रति जवाफदेही नभएको आरोप लगाउनु भएको छ ।
पूर्वगृहमन्त्री समेत रहेका सांसद अधिकारीले महिनाको दुई पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भएपनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको उल्लेख गर्दै आपत्ति जनाउनु भएको हो ।