‘वन उपयोगबाट समृद्धिको ढोका खोल्न सकिन्छ’


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामुुदायिक वनको सम्बन्ध ग्रामीण जीवनसँग जोडिएको बताउनुुभएको छ ।
सामुुदायिक वन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वनको संरक्षण तथा यसको उपयोगले समृद्धिको ढोका खोल्नसक्ने विश्वास व्यक्त गर्नुुभयो ।
‘वनले इन्धन, जनजीविका, विकासमा समेत भूमिका निर्वाह गरिरहेको छ । वनको सम्बन्ध अर्थतन्त्रसँग जोडिएकाले यसको संरक्षणमा उपभोक्ता, स्थानीय सरकार, राज्य र अन्तर्राष्ट्रिय समुुदाय अघि बढ्न आवश्यक छ । विश्वकै अर्थतन्त्रमा वनले ठूलो भूमिका निर्वाह गरेको छ ।’
नेपालको हरेक ग्रामीण जनजीवनसँग वन प्रत्यक्ष जोडिएकाले यसको संरक्षणले मात्रै थप क्षेत्रमा विकास गर्न सकिने उहाँले बताउनुुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– ‘पारिस्थितिक प्रणालीलाई जोगाउन वनले महत्वपूर्ण भूमिका खेल्ने भएकाले वन विनाको मानव जीवनको कल्पना समेत गर्न सकिँदैन । नेपालको बाहुल्यता ग्रामीण क्षेत्र भएको र कृषि तथा पशुुपालनको क्षेत्रको विकास गर्न वन निक्कै आवश्यक रहेको छ ।’
‘वनको विकास र संरक्षणले एउटा देश, समुुदायले मात्रै मुनाफा पाउने नभएर यसको सम्बन्ध पूरै पृथ्वीसँग रहेको छ । नेपाल ५८ मिटरदेखि सबैभन्दा अग्लो भागसम्म फैलिएको र हरेक भागमा वन रहेकाले जैविक विविधता जोगाउन यसले विशेष भूमिका खेल्ने छ ।’
पृथ्वी जोगाउन नेपालका सामुुदायिक वनले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको चर्चा गर्दै अध्यक्ष ओलीले वन विनाशको असरबारे नेपालीले राम्रोसँग बुुझेको बताउनुुभयो ।
नेपालको वनले विश्व समुुदायलाई समेत ठूलो गुन लगाएको बताउँदै वन विनाशले समाजका धेरै क्षेत्रमा असर पारेपछि यसको संरक्षणमा नेपालले निर्वाह गरेको भूमिकाको विश्वले प्रशंसा गर्ने गरेको उहाँको भनाई थियो ।
नेपालको ग्रामीण क्षेत्रमा पशु आहार तथा खाना पकाउने प्रमुख इन्धनको रूपमा दाउराको प्रयोग हुने गरेकोमा वन विनाशले सबै क्षेत्रमा असर पारेको उहाँले बताउनुुभयो ।
वन विनाशले ग्रामीण क्षेत्रमा विशेष गरेर महिलाले कष्ट पाएपछि सामुुदायिक वनको अवधारणा आएको स्मरण गर्दै सोही अवधारणले नेपालले वन संरक्षणमा निक्कै ठूलो सफलता मिलेको अध्यक्ष ओलीको भनाई थियो ।
सामुुदायिक वनको अभियानलाई अघि बढाउँदा नेपालका महिलाको नेतृत्व विकास समेत भएको उहाँले बताउनुुभयो ।
नेपालको वनमध्ये सालको वनको अझ धेरै महत्व भएकाले यसमाथि बैज्ञानिक वन व्यवस्थापनको नाममा गैर कानुुनी काम भएको र सामुुदायिक वनका नेतृत्वकर्ताले यसका बारेमा जानकारी गराएपछि सो कार्य आफूले रोकेको उहाँले वताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई