रेड पाण्डाको छाला सहित पक्राउ
सुनसरी, धरान उपमहानगरपालिका-१५ श्यामचोकबाट १ थान रेड पाण्डाको छाला सहित ठाउँ डेरा गरी बस्ने मोरङ केराबारी गाउँपालिका-६ का २२ वर्षीय रोजिस राई लगायत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रोजिसको कोठामा रेड पाण्डाको छाला रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रेडपाण्डाको छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।