चुच्चे नक्शा प्रकाशित नगरेको भए, चीनसँग व्यापार तथा पारवहन सम्झौता नगरेको भए एमाले सरकारबाट हट्नुपर्ने थिएन : एमाले महासचिव पोखरेल


 

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ता स्वार्थ बाहेक अरू कुनै उद्देश्य र गन्तव्य नभएको गठबन्धनसँग एमालेले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य राख्ने बताउनुभएको छ ।
नेकपा (एमाले) लुम्विनी प्रदेश सम्पर्क कमिटी र सुदुूरपश्चिम प्रदेश सम्पर्क कमिटीका शनिवार आयोजित छुट्टाछुट्टै भेला तथा प्रशिक्षणमा महासचिव पोखरेलले त्यस कुराको तथ्यगत पुष्टि स्थानीय निर्वाचनले गरेको स्पष्ट पार्नुभयो ।
महासचिवले भन्नुभयो– ‘जहाँ गठबन्धनसँग एमालेले एक्लै प्रतिस्पर्धा गर्यो, त्यहाँ सबैभन्दा बढी ४१ प्रतिशत मत प्राप्त भयो । आंशिक गठबन्ध भएका ठाउँमा ३१ प्रतिशत र गठबन्धन नभएका ठाउँमा २५ प्रतिशत मत प्राप्त भएको छ । यसबाट गठबन्धनका उम्मेदवारलाई भन्दा हामीलाई जनताले विश्वास गरेको देखिन्छ ।’
२०७४ सालको निर्वाचनमा ३१ प्रतिशत मत ल्याएको एमालेले पार्टी चोइटिँदा पनि यसपटक ३४ प्रतिशत प्राप्त गरेको र यसले जनतामा पार्टी लोकप्रिय रहेको स्पष्ट हुन्छ भन्दै महासचिव पोखरेलले भन्नुभयो– ‘यस निर्वाचनले नेपालको पहिलो ठूलो पार्टी एमाले हो भन्ने मात्र पुष्टि गरेको छैन, नेपालको बामपन्थी आन्दोलनको मुख्य शक्ति एमाले हो भन्ने कुरालाई पनि प्रमाणित गरिदिएको छ ।’
महासचिव पोखरेलले एमालेलाई ३४ प्रतिशत, माओवादीलाई १२ प्रतिशत र एकीकृत समाजवादीलाई करिव चार प्रतिशत मत दिएर जनताले बामपन्थी मत खेर नफाल्ने हो भने एमालेको पक्षमा मतदान गर्नुपर्छ भन्ने सन्देश दिएको बताउनुभयो ।
उहाँले गठबन्धनबाट देश निर्माणको काम भएका उदाहरण दुनियाँमा नभेटिने चर्चा गर्दै नेपालमा पनि गठबन्धनबाट देशको विकास र समृद्धि सम्भव नभएको वताउनुभयो ।
वर्तमान गठबन्धनले लोकतन्त्रको भविष्यलाई नै सङ्कटमा पार्ने षडयन्त्र गरिरहेको वताउँदै महासचिव पोखरेलले भन्नुभयो– ‘लक्ष्य, उद्देश्य, नीति, संगति केही नमिल्ने दलबीचको गठबन्धन विशुद्ध अवसरवाद हो, यसले देश हित गर्दैन भन्ने कुरा जनतामा लैजानुपर्छ ।’
‘देशको अर्थतन्त्रका हरेक सूचकाङक नकारात्मक दिशामा रहेका, मुद्रास्फिति ८.५ प्रतिशत पुगेको छ, विदेशी मुद्रा सञ्चिती ११ महिनालाई पुग्ने अवस्थाबाट छ महिनालाई पुग्ने अवस्थामा झरेको छ, सोधनान्तर स्थिति पौने तीन अर्बले घाटामा रहेको छ, यो स्थितिले वर्तमान गठबन्धन सरकार असफल प्रमाणित भएको छ । यही सरकार कायम रहे देश श्रीलंकाको अवस्थामा पुुग्ने सङ्केत गर्छ ।’
वर्तमान गठबन्धनको देश र जनताका पक्षमा काम गर्ने कुनै एजेण्डा नभएको र एकमात्र उद्देश्य एमालेलाई रोक्ने रहेको वताउँदै महासचिव पोखरेलले भन्नुभयो– ‘एमालेलाई रोक्नु भनेको देश र जनताको भविष्यलाई रोक्नु हो । विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूुरा गर्ने काममा बाधा पुर्याउनु हो ।’
‘चुच्चे नक्शा प्रकाशित नगरेको भए, चीनसँग व्यापार तथा पारवहन सम्झौता नगरेको भए, विकास, समृद्धि र राष्ट्रियताका पक्षमा काम नगरेको भए एमाले सरकारबाट हट्नुपर्ने थिएन,’ चर्चा गर्दै महासचिव पोखरेलले देश र जनताका पक्षमा एमालेले लोकप्रिय काम गरेका कारण कम्युनिष्ट विरोधी शक्तिले षडयन्त्रपूर्वक सरकारबाट हटाएको वताउनुभयो ।
उहाँले कार्यकर्तालाई निर्देशन दिँदै भन्नुभयो– ‘एमाले विरूद्धको घेराबन्दी हाम्रो भविष्य माथिको घेराबन्दी हो भन्ने कुरा बुझ्नुपर्छ र जनतालाई यो कुरा बुझाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई