क्लिन फिडको प्रावधान हटाउन सकिदैन : मन्त्री बास्कोटा


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको क्लिन फिड लागू गराउने प्रावधान हटाउन नसकिने बताउनु भएको छ ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सो विधेयकमाथिको दफावार छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले उक्त कुरा बताउनु भएको हो ।

उहाँले विधेयक नेपालको विज्ञापन बजार व्यवस्थापन र उपभोक्ताको हकहितमा भएको बताउँदै समितिमै लामो समय अड्काउनेभन्दा पनि जतिसक्दो चाँडो अगाडि बढाउन आग्रह गर्नुभयो ।

“कुनै समय विज्ञापन जानकारी मात्र थियो तर अब विज्ञापन बजार पनि हो, अब यो आयआर्जनको क्षेत्र पनि हो, यसको बजार पनि वृद्धि भएको छ”, सरकारका प्रवक्ताले भन्नुभयो । विधेयक ऐन बनी कार्यान्वयन हुनेबित्तिकै नेपालको विज्ञापन बजार थप वृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “विधेयकको बहुचर्चित विषय क्लिनफिडसँग सम्बन्धित छ, जसले विदेशी च्यानलबाट विज्ञापनरहित प्रसारण हुनुपर्छ भनेको छ ।” सरकारले २०७५ पुस २२ गते सो विधेयक संसद्मा दर्ता गराएको थियो । विधेयकमा होर्डिङ बोर्डबाट विज्ञापन गर्न अनुमति लिनुपर्ने, विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने, विज्ञापन गर्न निषेध क्षेत्र घोषणा गर्न सक्ने, विज्ञापन बोर्डको गठन, बोर्डको काम, कर्तव्य र अधिकारलगायत विषय आदिलाई समावेश गरिएको छ ।
विधेयकमा विज्ञापनका माध्यम होर्डिङ बोर्ड, रेडियो, टेलिभिजन, पत्रपत्रिकासँगै नयाँ मिडियामा प्रकाशन तथा प्रसारण गरिने विज्ञापनलाई नियमन गर्नका लागि विभिन्न व्यवस्था गरिएको छ । नेपालको विज्ञापन बजार हाल रु ३० अर्बदेखि ५० अर्बसम्मको रहेको अनुमान छ । तीमध्ये सबैभन्दा बढी हिस्सा छापामाध्यमका मिडियाको पहुँचमा छ ।
छापा माध्यमका मिडियाले कूल विज्ञापनमध्ये झण्डै ४७ प्रतिशत हिस्सा ओगटेको छ । त्यसपछि रेडियो र टिभीले १९÷१९ प्रतिशत, डिजिटल माध्यमले पाँच प्रतिशत तथा विज्ञापन बिलबोर्ड र अन्यले १० प्रतिशत हिस्सा ओगटेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई