गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले अध्यक्ष ओली पुगे आर्यघाट
काठमाडौं, ५ भदौ । नेपाली कांग्रेस नेता प्रदीप गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुग्नुभएको छ ।
उहाँले आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।शनिबारराति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन हुनुभएका गिरिको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो ।