अप्रिल २२ सम्म एकता टुङ्गिन्छ : अध्यक्ष दाहाल


चितवन, २७ चैत (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्रिल २२ सम्म तल्लो तहसम्मको पार्टी एकता टु्ङ्गिने बताउनुभएको छ । माडीमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उहाँले नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन २२ अप्रिलमा तल्लो तहसम्मको कमिटी सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताउनुभयो । विसं २००६ अप्रिल २२ तारिखका दिन भारतको कोलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । उहाँले चितवनको विषयमा कुनै समस्या नभए पनि अन्य केही जिल्लामा समस्या देखिएका कारण एकतामा ढिलाइ भएको जानकारी गराउनुभयो । उहाँले स्थानीय तहमा हुने गतिविधिमा सघाउन कार्यकर्तालाई निर्देशन दिनुभएको दाहालको निर्वाचन क्षेत्र हेर्दै आउनुभएकी स्वकीय सचिव निशा न्यौपानेले बताउनुभयो । सो क्रममा अध्यक्ष दाहालले निकुञ्ज ऐनयुद्धस्तरमा बनिरहेको र जनतामैत्री ऐन बन्ने उहाँले दाबी गर्नुभयो । निकुञ्जका कारण जनताले दुःख नपाउने गरी छिट्टै जनमैत्री निकुञ्ज ऐन आउने उहाँको भनाइ थियो । उहाँले बाँदरमुढेमा पार्क निर्माणका लागि रु १० करोड विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । पार्क रोजगारी सिर्जना हुने र आयआर्जन गर्न मिल्ने गरी निर्माण गरिने जानकारी उहाँले दिनुभयो । भूमिहीनका समस्या छिट्टै समाधान गर्ने बताउँदै उहाँले सबैलाई आफ्नो जग्गाको लालपूर्जा दिलाउनेतर्फ सरकार लागेको जानकारी गराउनुभएको थियो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले आफ्नो पहलमा हालसम्म माडी क्षेत्रमा विकासका लागि नगरपालिकामार्फत् रु ३८ करोड र सङ्घीय सरकारमार्फत् रु एक अर्ब ६३ करोड बजेट विनियोजन भइसकेको जानकारी गराउनुभएको थियो । ती बजेटबाट पुल, सडक, कृषि, पर्यटन, विद्युत् लगायतका काम भइरहेका न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई