राष्ट्रपति भण्डारीको राजिनामाबारे अवकासप्राप्त सहायक रथी डा.प्रेमसिंह बस्न्यातको यस्तो आयो ट्विट
सरकारले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक संसदमा फिर्ता पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा ल्याउने प्रयास भएको छ ।
संघीय संसदको दुबै सदनले पारित गरेर पठाएको नागरिकता विधेयकमा संशोधन आवश्यक रहेको भन्दै सुझावसहित पुनः प्रतिनिधिसभामै फिर्ता पठाएपछि विवादमा ल्याउने प्रयास भएको हो ।
आफुले संविधानको व्यवस्थामै टेकेर पठाएका सुझावहरुलाई गठबन्धन सरकारले बेवास्ता गरेपछि राष्ट्रपति भण्डारी केहि दिनदेखि कानुनविद, संविधानविद्, र सम्बन्धित सरोकारवाला पक्षहरुसँग निरन्तर परामर्शमा हुनुहुन्छ ।
उहाले सविधानविद् डा. सुरेन्द्र भण्डारी, संविधानविद् डा. भीमार्जुन आचार्य, संविधानविद् डा विपिन अधिकारी, अधिकारकर्मी सुवोध प्याकुरेल, वरिष्ठ पत्रकारसँग उक्त विषयमा छलफल गर्नुभएको थियो ।
यसै क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वसैनिक अधिकारीहरूलाई बुधबार अपरान्ह शितल निवासमा रात्रीभोज आयोजना गर्नु भएको छ ।
पूर्वसैनिक अधिकारीहरूले नागरिकता संशोधन विधेयक सम्वन्धमा राष्ट्रपतिलाई केही बिषय बताउनु भएको थियो ।
यसैक्रममा राष्ट्रपतिले राजीनामा दिन लागेका प्रसंग पनि उठ्यो। यसबारे राष्ट्रपति भण्डारीले भने राजीनामा दिने कुरा हल्ला मात्रै भएको अवकासप्राप्त सहायक रथी डा।प्रेमसिंह बस्न्यातले बताउनु भएको छ ।
बस्न्यातले सामाजिक सन्जाल ट्विटरमा एक ट्विट गर्दै उक्त कुरा बताउनु भएको हो ।
बस्न्यातको ट्विट
हल्ला मात्र रहेछ !
हामी झन्डै ७५ जना जती अबकासप्राप्त रथीब्रिन्द समुह ( जनरल ) ले आज राष्ट्रपतीज्यु सँग भेट गरेउम। हाम्रो तर्फबाट देसकोलागि सुझाब पनि दियम। राष्ट्रपतीज्यु्बाट कुटनैतिक पाराका नरम जवाफ र आस्वासन् पाइयो। वहाँले रजिनामा दिने भन्ने कुरा सतप्रतिसत झुट हो,हल्ला हो